रतनपुर युनाइटेड क्लबलाई ट्राईबेकरमा पराजित गर्दै हिमाल क्लब सेमिफाइनलमा प्रवेश (निजगढ मेयर कप)

बारा – तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा हिमाल युवा क्लव प्रवेश गरेकोछ ।

सहिद रंगशालामा आज भएको दोस्रो क्वार्टरफाईनलमा रतनपुर युनाईटेड युथ क्लवलाई टाईब्रेकर ४-३ गोलको अन्तरले पराजित गर्दै हिमाल सेमिफाइनलमा प्रवेश गरेकोहो ।

खेलको निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि नतिजा टाईब्रेकरमा धकेलिएको थियोे । खेलमा दुवै टिमका खेलाडीहरुबाट गोलकालागि थुप्रै प्रयास भएपनि सफल हुन सकेको थिएन । टाईब्रेकरमा हिमालका वर्षात लामाले दोहोरो पहेलो कार्ड सहित रातो कार्ड पाएकाथिए भने विवेक लामा,अर्बिन कुमर र ईन्द्रीज खड्काले पहेलो कार्ड पाएकाथिए ।

प्रतियोगिता अन्तर्गत तेस्रो क्वार्टरफाईनलमा भोलि एफसी कोलगाउ र योङ्गस्टार युवा क्लव बीच प्रतिस्पर्धा हुने आयोजक क्लबले जनाएको छ ।