बाघभैरवलाई पराजित गर्दै निजगढ ए सेमिफाइनलमा प्रवेश (निजगढ मेयर कप)

बारा – तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाईनल खेलमा बाघभैरव युवा क्लबलाई पराजित गर्दै निजगढ युवा क्लब ए सेमिफाइनलमा प्रवेश गरेको छ ।

सहिद रंगशालामा आज भएको प्रतियोगितामा बाघभैरवलाई ३-१ को गोल अन्तरले पराजित गर्दै निजगढ ए सेमिफाइनलमा प्रवेश गरेको हो ।

निजगढ ए का लागि खेलको २३ औ मिनेटमा समिर कुमर, ३९ औ मिनेट र ४० औ समीर तामाङले गोल गर्दै ३-० को अवस्थामा टिमलाई अग्रता दिलाएका थिए ।

खेलको ७६ औ मिनेटमा बाघभैरवले पाएको फ्रिकिक मार्फत मनोज खड्काले गोल गर्दै खेलमा फर्कने संकेत दिलाएपनि थप गोल गर्न नसक्दा खेल निजगढ युवा क्लवको पक्षमा गएको हो ।
खेलमा बाघभैरव युवा क्लवका कप्तान प्रशान्त राउतले पहेलो कार्ड पाएकाथिए ।

खेलको म्यान अफ द म्याच निजगढ युवा क्लव ए का जन्मजय धामी भएका थिए । प्रतियोगिता अन्तर्गत भोलि हुने पहिलो सेमिफाईनलमा योङ्गस्टार युवा कलव र सिंगौल फुटबल क्लव ए बीच प्रतिस्पर्धा हुने आयोजक क्लबले जनाएको छ ।