योङ्गस्टार युवा क्लब फाईनलमा प्रवेश (निजगढ मेयर कप)

बारा – तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगिताको फाईनलमा योङ्गस्टार युवा क्लब प्रवेश गरेकोछ ।

सहिद रंगशालामा आज भएको पहिलो सेमिफाईनल खेलमा सिंगौल फुटबल क्लव ए लाई २-० गोलको अन्तरले पराजित गर्दै योङ्गस्टार प्रतियोगिताको फाईनलमा प्रवेश गरेकोहो ।

योङ्गस्टारको जितमा अरुण लामाले खेलको ३३ औ मिनेट र ५३ औ मिनेटमा दोस्रो गोल गरेका थिए ।लामाले गरेको गोल नै योङ्गस्टार विजयी हुन पुग्यो ।

खेलमा फर्कनको लागि सिंगौलले प्रयास गरेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो ।

खेलको म्यान अफ द म्याच योङ्गस्टारका अरुण लामा भएका थिए । प्रतियोगिता अन्तर्गत भोलि दोस्रो सेमिफाईनल खेलमा हिमाल युवा क्लव र निजगढ युवा क्लव ए बीच प्रतिस्पर्धा हुने आयोजक क्लबले जनाएको छ ।