तेस्रो निजगढ मेयर कपमाथि निजगढ युवा क्लब ए को कब्जा

बारा – तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगिताको उपाधिमाथि निजगढ युवा क्लव ए ले कब्जा गरेको छ ।

सहिद रंगशालामा आज भएको फाईनल प्रतियोगितामा योङ्गस्टार युवा क्लवलाई टाईब्रेकरमा ४–३ गोलको अन्तरले पराजित गर्दै निजगढ युवा क्लवले उपाधि माथि कब्जा जमाएको हो ।

खेलको निर्धारित समयमा दुवै टिमका खेलाडीबाट गोल गर्न थुप्रै प्रयास गरेपनि गोल हुन नसकेपछि खेल टाईब्रेक्ररमा धकेलिएकोथियो। उपाधि बिजेता निजगढ युवा क्लव ए ले ट्रफी सहित १ लाख रुपैंया प्राप्त गरेको ।

उपाधिमाथि कब्जा जमाउन नसकेको योङ्गस्टार युवा क्लबले उपविजेता हुंदै ४५ हजारमै आफनो चित बुझाएको छ । खेलको म्यान अफ द म्याच निजगढ युवा क्लव ए का गोलरक्षक रोशन धामी भएका थिए ।

प्रतियोगितामा उत्कृष्ट डिफेन्स योङ्गस्टार युवा क्लवका सुनिल लामा, उत्कृष्ट गोलरक्षक निजगढ युवा क्लव ए का रोशन धामी, उत्कृष्ट मिड फिल्डर निजगढ युवा क्लव ए का कप्तान राजकिशोर धामी, उत्कृष्ट खेलाडी योङ्गस्टार युवा क्लवका अरुण लामा, फियर प्ले अवार्ड रतनपुर युनाईटेड युथ क्लव र सर्वाधिक गोलकर्ता निजगढ युवा क्लव ए का समिर तामाङले ट्रफी पाएका छन ।

निजगढ युवा क्लवद्वारा आयोजित प्रतियोगितामा निजगढ नगरपालिकाका १६ वटा क्लवहरुले प्रतिस्पर्धा गरेका थिए ।

यसअघि कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्नुहुदै निजगढका मेयर सुरेश कुमार खनालले निजगढमा फुटबल खेलको बिकास गर्दै खेलाडी उत्पादन गर्न नगरपालिकाले ग्रास रुट फुटबललाई प्राथमिकता दिने बताउनुभयो । मेयर खनालले मेयर कप फुटबल खेलाडी उत्पादन र पहिचान गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो ।

स्थानीय खेलाडीहरुलाई नियमित प्रशिक्षणको व्यवस्थाको लागी नगरपालिकाले आवश्यक प्रक्रिया अघि बढाईरहेको मेयर खनालले बताउनुभयो ।

समापन समारोहलाई राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव युवराज लामा, नेपाल तेक्वान्दो संघ प्रदेश २ का अध्यक्ष पेमासिद्धि लामा,अखिल नेपाल फुटबल संघ एन्फा प्रदेश २ का अध्यक्ष नेपाल कार्कीले सम्बोधन गर्नुभएको थियो ।