खुमबहादुर स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको तयारी पुरा

बारा – बाराको पचरौता नगरपालिकामा हुन लागेको अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको तयारी पूरा भएको छ ।

नेपाली कांग्रेस केन्द्रिय खेलकुद विभागको आयोजनामा चैत १ र २ गते हुन नगरपालिकाको वडा नम्बर ४ र ५ मा हुन लागेको खुमबहादुर खड्का स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपाल र भारतको विभिन्न ठांउबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय कुस्ती पहलवानको
सहभागिता रहेको नेपाली कांग्रेस खेलकुद विभागका केन्द्रिय सदस्य एवम कार्यक्रम संयोजक मणिभुषण यादवले जानकारी दिनुभयो ।

प्रतियोगिताको समुद्धघाटन गर्न नेपाली कांग्रेसका सभापति एवम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुने संयोजक यादवले जानकारी दिनुभयो।

प्रतियोगितामा कुस्तीका अन्तर्राष्ट्रिय खेलाडी केशव दास, रोहित पहलवान दिल्ली, राजेश दास अयोध्या, गामा पहलवान बनारस, ज्ञानेन्द्र थापा नवलपरासी, विवेक दास बाहराईज यूपी केशरी, संजय सिंह पहलवान हरिद्धार उतराखण्ड, रितेश पहलवान बनारस, कणि पहलवान, अशोक पहलवान दिल्ली, विजय पहलवान हरियाणा, विजय यादव बीएमपी पटना, संदिप पहलवान राजस्थान, राहुल सिंह पहलवान राजस्थान, काला पहलवान राजस्थान, विजय पहलवान चण्डीगढ पहलवानहरुको कुस्तीमा सहभागिता रहेको संयोजक यादवले जानकारी दिनुभयो।

त्यसैगरी देवा थापा नेपाल, शंकर थापा नेपाल, राजु थापा नेपाल, पारस थापा नेपाल, पवन पहलवान गोरखपुर, मिथलेश पहलवान गोरखपुर, गामा पहलवान जमलपुर, शिवानी नेपाल, रोशनी बनारस, सरिता गोरखपुर, रजनी लखनउ, कंचन तोमर मेरठ, पुनम हरियाणा लगायत एक सय ५० भन्दा बढी पुरुष र महिला पहलवानहरुको सहभागिता रहेको संयोजक यादवले जानकारी दिनुभयो ।