भारतीय नागरिकलाई बेलायत प्रवेशमा रोक

काठमाडौं – बेलायतले कोरोना संक्रमण तीब्र गतिमा रहेको भारतलाई रेड लिष्टमा राख्दै भारतीय नागरिकलाई बेलायत प्रवेशमा रोक लगाएको छ ।

बेलायती नागरिकको हकमा भारतबाट बेलायत फर्केका नागरिकहरु भने अनिवार्य रुपमा १० दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम लागु गरिएको छ ।

बेलायतका स्वास्थ्यमन्त्री मैट हैकाकले भारतबाट बेलायत प्रवेश गरेका मध्ये १ सय ३ जनामा कोरानाको नयाँ भेरिन्ट पुष्टी भएको भन्दै यस्तो नियम लागु गरिएको जानकारी दिनुभयो ।

भारतबाट बेलायत भित्रिएका नागरिकहरुमा देखिएको कोरोनाको नयाँ भेरिएन्टबारे बेलायती वैज्ञानिकहरुले अनुसन्धान थालेको छ ।

यसैबीच बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको भारत भ्रमण कोरोनाका कारण स्थगीत गरिएको छ । बेलायतमा हाल १ लाख २७ हजार २ सय बढीको मृत्यु भइसकेको छ । त्यहाँ कोरोना संक्रमितको संख्या ४३ लाख ९० हजार ७ सय बढी संक्रमित छन् ।