पर्सामा चट्याङबाट ३ को मृत्यु, १ घाइते

वीरगन्ज-१५, असार ।
पर्सामा मंगलबार विहान पानीसंगै परेको चट्याङबाट ३ जनाको मृत्युु भएको छ । भने १ जना घाइते भएका छन ।

सखुवाप्रसौनी गाउँपालिका वडा-४ देवरबाना निवासी ५५ वर्षीय रघुबिर यादवको मृत्युु भएको छ । पटेर्वासुगौली गाउँपालिका-४ पथरैयामा भैँसी चराउन गएको बेलामा चट्याङबाट यादवको मृत्यु भएको हो ।

यसैगरी पटेर्वासुगौली गाउँपालिका-१ गदियानी निवासी २७ वर्षीय रोसलान गद्धी र जिराभवानी गाउँपालिका-३ जितपुर निवासी ५० वर्षीय असतुरनी देवी थरुनीको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।

चट्याङबाट पटेर्वासुगौली गाउँपालिका वडा-१ निवासी राजबली गद्दी घाइते भएको र उपचारको लागि नारायणी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।