कांग्रेसको विपद व्यवस्थापन समितिले बाढी पहिरोबाट मृत्यु भएका परिवारलाई राहत दिने

काठमाडौं-१५, असार ।
नेपाली कांग्रेसले बाढीपहिरोमा परी मृत्यु भएका परिवारलाई राहत दिने भएको छ ।

कांग्रेसले मृतकका परिवारलाई २५ हजार रूपैयाँ राहत दिने निर्णय भएको नेपाली कांग्रेस बाढि पहिरो विपद ब्यस्थापन समन्वय समितिका संयोजक तथा केन्द्रीय सदस्य मोहनबबहादुर बस्नेतले जानकारी दिनुभयो ।

कांग्रेसले २०७८ वैशाखदेखि बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई सहयोग गर्न लागेको हो। घोषणा गरिएको रकम छिट्टै मृतकका परिवारलाई दिइने बस्नेतद्वारा मंगलवार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्बन्धित निकायले बाढी पहिरोबाट मृत्यु भएको पुष्टि गरेको आधारमा राहत दिने जनाएको छ ।