हङकङ महासंघद्वारा आदर्श कोतवाल गाँउपालिकालाई अक्सिजन कन्सनट्रेटर सहयोग

बारा-१६, असार ।
हङकङ नेपाली महासंघले आदर्शकोतवाल गाँउपालिकालाइ अक्सिजन कन्सनट्रेटर सहयोग गरेको छ । महासंघले एक थान अक्सिजन कन्सनट्रेटर सहयोग गरेको हो ।

महासंघका प्रतिनिधि नेविसंघका नेता आकाश उप्रेती र डा.शिव पौडेललेआदर्शकोतवाल गाँउपालिकाका अध्यक्ष मुस्तुफा अंसारीलाई बुधबार कार्यक्रमका बिच एक थान अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गर्नु भएको हो ।

अक्सिजन कन्सनट्रेटरको सहयोगले कोरोना संक्रमितहरूलाई उपचारमा मद्दत पुगेको र अक्सिजनको कमी नहुने स्वास्थ्य सह-संयोजक साहले बताउनुभयो ।

आदर्शकोतवाल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार साहको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष मोहम्मद मुस्तुफा अन्सारीको प्रमुख आतिथ्यतामा भएको हस्तान्तरण कार्यक्रममा वडाअध्यक्षद्वय राजेन्द्र राउत कुर्मी, अलिउल्लाह अन्सारी, उमाशंकर साह लगायतको सहभागिता रहेको थियो ।