कांग्रेसका युवा नेता महरद्वारा डडेल्धुरा अस्पताललाई २० लाखको स्वास्थ्य सामग्री प्रदान

काठमाडौं-१६, असार ।
नेपाली कांग्रेसका युुवा नेता तथा नेपाल विधार्थी संघका निवर्तमान केन्द्रिय अध्यक्ष नैनसिंंह महरले डडेल्धुरा अस्स्पतालाई स्वास्थ्य सामग्री प्रदान गर्नु भएको छ ।
अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामाग्री बुधबार प्रदान गर्नुभएको हो ।

नेपाली कांग्रेसका युवा नेता महरले सुदूरपश्चिमकै ठूलो अस्पतालको रुपमा रहेको डडेल्धुरा अस्पताललाई २० लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गर्नुभएको हो ।

विभिन्न सघंसस्था र साथिभाईको सहयोग मार्फत उक्त रकमको जोहो गरि डडेल्धुरा अस्पताल आउने कोरोना विरामीको उपचारमा सहजता दिलाउनका लागि सामाग्री हस्तान्तरण गरेको नेता महरले वताउनुभयो ।

कोरोना भाईरसको संक्रमण वढिरहेकै वेला नेता महरले संघीय सरकारको मातहातमा रहेको डडेल्धुरा अस्पताललाई अक्सिजन कन्सनट्रेटर मेसिन, सिलिण्डार, मास्क, ग्लव्स, फेससिल्ड, अक्सिजन मास्क, अक्सोमिटर लगायतका सामाग्री नेता महरले प्रदान गर्नु भएको छ ।

अस्पताललाई नेता महरले गरेको सहयोगले कोरोना माहामारीको चपेटामा परेका विरामीलाई राहत पुग्ने डडेल्धुरा अस्पताल व्यवस्थापन समितीका अध्यक्ष करुणाकर ओझाले जानकारी दिनुभयो ।

नेता महरले विभिन्न संघसंस्थाबाट संकलित अक्सिजन, सिलिण्डर, पिपिई, मास्क लगायत स्वास्थ्य सामग्रीहरु एक कार्यक्रमका बीच अस्पतालका अध्यक्ष अवस्थी र गन्यापधुरा गाउपालिका अध्यक्ष नवल मल्ललाई हस्तान्तरण गर्नुभएको हो ।