विद्यार्थी संगठनद्वारा बारामा विरोध प्रदर्शन

बारा-१७, असार ।
सरकारको असंवैधानिक कदम विरूद्ध संयुक्त विद्यार्थी संगठन बाराले कलैयामा बुधबार प्रदर्शन गरेको छ ।

प्रधानमन्त्रीको पुत्ला दहनको क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । हस्तक्षेपको क्रममा विद्यार्थी संगठनका नेताहरूसंग भनाभन हुंदा बारा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

कलैया भरत चोकमा भएको प्रदर्शनको क्रममा नेविसंघका नेजामुदिन अशंसारी, सागर पटेल, अखिल क्रान्तिकारीका दिनेश यादव राजेश्वर कुशवाहा लगायतकालाई प्रहरीले केही बेर नियन्त्रणमा लिएर छाडेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद् विघटन र निर्वाचन घोषणाको विरोधमा पूर्व घोषणा अनुरुप संयुक्त विद्यार्थी संगठनले पुत्ला दहन र प्रदर्शन गरेको थियो ।