बारामा करेन्ट लागेर एक जनाको मृत्यु

बारा-१७, असार ।
बाराको कलैयामा बिहीबार बिहान करेन्ट लागेर एकजना पुरुषको मृत्यु भएको छ ।

करेन्ट लागेर कलैया उपमहानगरपालिका-१४ निवासी ४५ वर्षीय मदनलाल जयसवालको मृत्यु भएको हो ।

बिहीबार बिहान आफ्नै घरको चापाकलमा जडान गरिएको पानी तान्ने विद्युतीय मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर जयसवाल गम्भीर घाइते भएका थिए ।

उपचारको लागि कलैया अस्पतालमा लैजाने क्रममा बाटोमा नै जयसवालको मृत्यु भएको बाराका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।