जंगली हात्तीको आक्रमणबाट बारामा एक कृषकको मृत्यु

बारा-१८, असार ।
बारामा आज बिहान जंगली हातीको आक्रमणबाट एकजना कृषकको मृत्यु भएको छ ।

हातीको आक्रमणबाट कलैया उपमहानगरपालिका-२ औधापुर निवासी ४५ बर्षीय रामदेव पटेलको मृत्युु भएको हो ।

खेतमा काम गरिरहेका पटेललाई बिहान करिब पौने आठ बजे जंगली हातीले आक्रमण गरि गम्भीर घाइते बनाएको थियो । गम्भीर घाइते भएका पटेललाई उपचारकालागि कलैया अस्पतालमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

जङ्गल क्षेत्रबाट करिब १५/१६ किलोमिटर टाढा सदरमुकाम कलैया नजिक आएर हातीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।