कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा, उद्घाटनदेखि बन्दसत्रसम्मको तयारी

अमरज्योती
31 Views
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह काठमाडौंको खुलामञ्चमा हुने भएको छ। आगामी असोज १६ देखि १९ गतेसम्म आयोजना हुने केन्द्रीय महाधिवेशनको उद्घाटन खुलामञ्चमा गर्ने पार्टीले निर्णय गरेको हो।कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले महाधिवेशनको उद्घाटन समारोह खुलामञ्चमा आयोजना गर्ने जानकारी दिनुभयो। कांग्रेसका एक पदाधिकारीका अनुसार बन्दसत्रसमेत खुलामञ्चमै सञ्चालन गर्ने तयारी भइरहेको छ।यद्यपि, महाधिवेशनका निर्वाचनसम्बन्धी कार्यक्रम कहाँ सञ्चालन गर्ने भन्ने विषयमा भने अन्तिम निर्णय भइसकेको छैन। कार्यवाहक मुख्य सचिव दुलालले चुनावी कार्यक्रमको स्थल टुंगो लाग्न बाँकी रहेको बताउनुभएको छ।

यसअघि कांग्रेसले महाधिवेशनका लागि आवश्यक पूर्वाधार र व्यवस्थापन गर्न राष्ट्रिय सभागृहको प्रदर्शनी हल, लबी, पार्किङ स्थल तथा बगैंचा उपलब्ध गराइदिन काठमाडौं महानगरपालिकालाई पत्राचार गरेको थियो।कांग्रेसले असोज १५ देखि २० गतेसम्म ६ दिनका लागि ती स्थान बुकिङ गरिदिन आग्रह गर्दै राष्ट्रिय सभागृहलाई पत्र पठाएको हो।महाधिवेशनको मिति नजिकिँदै गर्दा कांग्रेसले कार्यक्रमस्थलदेखि व्यवस्थापनसम्मका तयारीलाई तीव्रता दिएको छ। उद्घाटन र बन्दसत्र खुलामञ्चमा गर्ने निर्णयसँगै महाधिवेशनमा ठूलो संख्यामा नेता–कार्यकर्ता सहभागी हुने अपेक्षा गरिएको छ।

 

Share This Article