हराएका तीन बालबालिका भारतको मोतिहारीमा सकुशल फेला

अमरज्योती
164 Views

जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ बकुलिया टोलबाट हराएका तीन बालबालिका सकुशल फेला परेका छन्।
भदौ २८ गते बिहान करिब ५ बजे मुकेश पासवानका छोरा धिरज पासवान तथा छोरीहरू सुन्दरी पासवान र काजल पासवान हराएका थिए।
प्रहरीका अनुसार सोही दिन राति करिब ८ बजे बालबालिका भारतको मोतिहारी जिल्ला, रामगढवा थाना–१३ स्थित आफन्तको घरमा सुरक्षित रहेको जानकारी उनीहरूका बुबाले गराएका हुन्।
बालबालिका सकुशल फेला परेको जानकारी प्राप्त भएपछि प्रहरीले उनीहरूको थप खोजतलास गर्न आवश्यक नरहेको जनाएको छ।

Share This Article