जीतपुरसिमराबाट तीन बालबालिका एकैसाथ हराए, खोजीका लागि प्रहरीको आग्रह

अमरज्योती
46 Views

जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ बकुलिया टोलबाट एकै परिवारका तीन बालबालिका हराएका छन्। भारत घर भई हाल बकुलिया टोलमा बस्दै आएका मुकेश पासवानका ५ वर्षीय छोरा धिरज पासवान, ७ वर्षीया छोरी सुन्दरी पासवान र १० वर्षीया छोरी काजल पासवान भदौ २८ गते बिहान करिब ५ बजेदेखि सम्पर्कविहीन भएका हुन्।
प्रहरीका अनुसार धिरज पासवानको वर्ण गहुँगोरो, कपाल कालो र ठुलो रहेको छ। उनले खैरो जिन्स पाइन्ट र पहेँलो सर्ट लगाएका थिए भने चप्पल लगाएका थिएनन्।
त्यस्तै, ७ वर्षीया सुन्दरी पासवानको वर्ण गहुँगोरो, कपाल कालो रहेको छ। उनले सेतो सर्ट, कालो पाइन्ट र कालो चप्पल लगाएकी थिइन्।१० वर्षीया काजल पासवानको वर्ण गहुँगोरो र कपाल कालो रहेको छ। उनले सेतो सर्ट, कालो पाइन्ट र कालो चप्पल लगाएकी थिइन्।
तीनै बालबालिका हराएपछि परिवारले खोजीका लागि प्रहरीलाई जानकारी गराएको छ। प्रहरीले बालबालिकालाई देख्ने वा उनीहरूको अवस्थाबारे कुनै जानकारी हुने जोकोहीलाई तत्काल प्रहरीलाई खबर गर्न अनुरोध गरेको छ।
बालबालिकाबारे जानकारी प्राप्त भएमा जिल्ला प्रहरी कार्यालय बाराको ९८५५०४८१०१ वा ९८५५०४५१०१ नम्बरमा अथवा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ।

Share This Article