▣ २०८३ असोज २२☀ मौसम अपडेट
f𝕏▶◎En◯
☀ मौसम अपडेट
२०८३ असोज २२
⌂ गृह पृष्ठ|▤ समाचार · हेडलाईन

भीमफेदीमा स्कारपियो ६० मिटर तल खस्यो, मुख्य न्यायाधीशसहित ६ जना घाइते

भीमफेदीमा स्कारपियो ६० मिटर तल खस्यो, मुख्य न्यायाधीशसहित ६ जना घाइते
अमरज्योती डेली AI सारांश

हेटौँडा ।मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा स्कारपियो दुर्घटना हुँदा मुख्य न्यायाधीशसहित ६ जना घाइते भएका छन्।

काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको स्कारपियो अनियन्त्रित भएर सडकबाट करिब ६० मिटर तल खोल्सामा खसेको हो।आज बिहान भएको दुर्घटनामा प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो सडकबाट तल खसेपछि त्यसमा सवार सबै ६ जना घाइते भएका हुन्।

दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार तथा आवश्यक प्रक्रिया अघि बढाएको थियो।

हेटौँडा ।मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा स्कारपियो दुर्घटना हुँदा मुख्य न्यायाधीशसहित ६ जना घाइते भएका छन्। काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको स्कारपियो अनियन्त्रित भएर सडकबाट करिब ६० मिटर तल खोल्सामा खसेको हो।आज बिहान भएको दुर्घटनामा प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो सडकबाट तल खसेपछि त्यसमा सवार सबै ६ जना घाइते भएका हुन्। घाइते हुनेमा जिल्ला अदालत पर्साका मुख्य न्यायाधीश ५७ वर्षीय गोकर्ण डाँगी, अदालतका रजिस्ट्रार ५१ वर्षीय तारादत्त बडु, उनकी श्रीमती ४९ वर्षीया लक्ष्मी बडु, छोरा २५ वर्षीय रितेन्द्र बडु, ३१ वर्षीया रिता बडु र चालक ३२ वर्षीय छुनिलाल चौधरी रहेका छन्।प्रहरीका अनुसार घाइतेमध्ये लक्ष्मी बडुको अवस्था गम्भीर रहेको छ भने अन्य घाइतेको अवस्था मध्यम रहेको छ। दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार तथा आवश्यक प्रक्रिया अघि बढाएको थियो। घाइते सबैलाई उपचारका लागि भीमफेदी अस्पताल पठाइएको छ। दुर्घटना कसरी भयो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

भीमफेदीमा स्कारपियो ६० मिटर तल खस्यो, मुख्य न्यायाधीशसहित ६ जना घाइते

टिप्पणी (0)