२०५८ सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय अनिल कुमार साह बारा–४ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि

अमरज्योती
10 Views

बारा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बारा क्षेत्र नं. ४ बाट अनिल कुमार साह केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन हुनुभएको छ।
साहले २०५८ सालमा नेपाल तरुण दलमा प्रवेश गरी सदस्यता लिएर आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको थियो। त्यसपछि उहाँ नेपाल तरुण दल बाराको जिल्ला सदस्यको जिम्मेवारीमा रहेर संगठन विस्तार तथा पार्टी गतिविधिमा सक्रिय हुनुभएको थियो।
पार्टी संगठनमा निरन्तर सक्रिय रहँदै साहले नेपाली कांग्रेसको क्षेत्र नं. ४ ‘ख’ प्रदेश सहसचिवको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो। लामो समयदेखि कांग्रेसको संगठन र विभिन्न राजनीतिक गतिविधिमा सक्रिय रहँदै आउनुभएका साहले पार्टीका विभिन्न आन्दोलन तथा अभियानमा समेत सहभागिता जनाउँदै आउनुभएको छ।
राजनीतिसँगै पत्रकारिता क्षेत्रको संगठनमा समेत सक्रिय साह नेपाल प्रेस युनियन बारा शाखाको कोषाध्यक्ष बन्नुभएको थियो। त्यसपछि उहाँ नेपाल प्रेस युनियन बाराको उपसभापतिमा दुई पटक निर्वाचित हुनुभएको थियो।
तरुण दलबाट सुरु भएको राजनीतिक यात्रा जिल्ला सदस्य, प्रदेश सहसचिव हुँदै विभिन्न संगठनात्मक जिम्मेवारी पार गर्दै अहिले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको जिम्मेवारीसम्म पुगेको हो।
बारा क्षेत्र नं. ४ बाट महाधिवेशन प्रतिनिधिमा साहको सर्वसम्मत चयन भएपछि उहाँका समर्थक तथा कांग्रेसका स्थानीय नेता–कार्यकर्ताले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

Share This Article