घकोल्हबी नगरपालिका क्षेत्रभित्रका विद्यालयका प्रधानाध्यापकहरूको भेलाले प्रधानाध्यापक संघको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। शुक्रबार श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, मठवामा आयोजित प्रधानाध्यापकहरूको बैठकले रघुनाथ चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो।नवनिर्वाचित समितिको उपाध्यक्षमा पूनम चौधरी, कोषाध्यक्षमा प्रमेन्द्र फौजदार, सचिवमा बिक्की चौधरी र सहसचिवमा कञ्चनकुमारी चौधरी चयन भएका छन्।त्यस्तै, सदस्यहरूमा नरेन्द्रकुमार चौधरी, युवराज मैनाली, ममता पौडेल, सचिकला थपलिया, बिगुराम हरिजन र दिनेश मुखिया चयन भएका छन्। संघको सल्लाहकारमा जगदीश पण्डित, रामप्रकाश चौधरी र बाबुराम गिरी चयन गरिएको जनाइएको छ।
नयाँ कार्यसमितिले कोल्हबी नगरपालिका क्षेत्रका विद्यालयको शैक्षिक गुणस्तर सुधार, प्रधानाध्यापकबीच समन्वय तथा विद्यालय सञ्चालनका साझा समस्या समाधानका लागि सहकार्य गर्ने अपेक्षा गरिएको छ। बैठकमा विद्यालयको वर्तमान शैक्षिक तथा प्रशासनिक अवस्थाका विषयमा समेत छलफल भएको प्रधानाध्यापक नरेन्द्रकुमार चौधरीले जानकारी दिए। यसै अवसरमा कोल्हबी नगरपालिकाअन्तर्गतका विद्यालयमा प्रधानाध्यापकका रूपमा जिम्मेवारी सम्हाल्दै आएका हरिप्रसाद पराजुली र गगनदेव चौधरीलाई बिदाइ गरिएको थियो।कार्यक्रममा सहभागी प्रधानाध्यापकहरूले विद्यालय तथा शैक्षिक क्षेत्रमा उहाँहरूले पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनका लागि शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा कोल्हबी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरी, प्रधानाध्यापक संघ बाराका अध्यक्ष रामबली महतो, मधेश प्रदेशका उपाध्यक्ष सुवाशकुमार यादव, शिक्षा शाखा प्रमुख मिस्रीलाल साह लगायत कोल्हबी नगरपालिका क्षेत्रका विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति थियो ।नवनिर्वाचित कार्यसमितिले आगामी दिनमा प्रधानाध्यापकहरूबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै विद्यालयको शैक्षिक वातावरण सुधार र विद्यार्थीको सिकाइ उपलब्धि वृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
कोल्हबीका प्रधानाध्यापकले चुने नयाँ नेतृत्व, रघुनाथ चौधरीको अध्यक्षतामा समिति गठन
