पर्सागढीमा घरभित्रै ड्रममा लुकाइएको ४० किलो गाँजा बरामद

वीरगञ्ज । घरभित्र ड्रममा लुकाएर राखिएको अवस्थामा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। पर्साको पर्सागढी नगरपालिका–३ मा शनिबार राति गरिएको खानतलासीका क्रममा प्रहरीले ४० किलो प्रतिबन्धित लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–३ निवासी ६० वर्षीय गोरे लामा रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गाँजा बिक्री–वितरण तथा भण्डारण गरेर राखिएको विशेष सूचना पाएपछि प्रहरीको विशेष टोली उनको घर पुगेको थियो।

घरमा खानतलासी गर्दा प्रहरीले ड्रमभित्र लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा फेला पारेको जनाएको छ।गाँजा बरामद भएपछि लामालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्साले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ। प्रहरीले गाँजा कहाँबाट ल्याइएको थियो र यसको कारोबारमा अन्य व्यक्तिको समेत संलग्नता छ कि छैन भन्ने विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *