▣ २०८३ असोज २४☀ मौसम अपडेट
f𝕏▶◎En◯
☀ मौसम अपडेट
२०८३ असोज २४
⌂ गृह पृष्ठ|▤ खेल समाचार · समाचार · हेडलाईन

कलैयामा सुमोको ठक्करबाट २२ वर्षीय पैदलयात्रीको मृत्यु, मृतकको पहिचान खुलेन

कलैयामा सुमोको ठक्करबाट २२ वर्षीय पैदलयात्रीको मृत्यु, मृतकको पहिचान खुलेन
अमरज्योती डेली AI सारांश

बाराको कलैया उपमहानगरपालिका–२३ स्थित कलैया–वीरगञ्ज सडकखण्डमा सुमोको ठक्करबाट एक अज्ञात पैदलयात्री युवकको मृत्यु भएको छ।

त्यहाँबाट थप उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल पठाइएकोमा राति १०ः३५ बजे उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए।

प्रहरीले मृतकको हुलिया सार्वजनिक गर्दै उनको उचाइ करिब ५ फिट ६ इन्च, शरीर पातलो र उमेर करिब २२/२३ वर्ष रहेको जनाएको छ।

कलैया । बाराको कलैया उपमहानगरपालिका–२३ स्थित कलैया–वीरगञ्ज सडकखण्डमा सुमोको ठक्करबाट एक अज्ञात पैदलयात्री युवकको मृत्यु भएको छ। बिहीबार राति करिब ९ः१० बजे गार्डेन भ्यु रिसोर्ट नजिकै वीरगञ्जबाट कलैयातर्फ आउँदै गरेको ना.१ ज ६४०३ नम्बरको सुमोले पैदल हिँडिरहेका करिब २२/२३ वर्षीय युवकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका युवकलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल पठाइएकोमा राति १०ः३५ बजे उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए। प्रहरीका अनुसार मृतकको शव हाल एलएस न्युरो अस्पतालमै राखिएको छ। दुर्घटनामा संलग्न सुमो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ। प्रवक्ता घलेका अनुसार मृतकको पहिचान भने हालसम्म खुल्न सकेको छैन। प्रहरीले मृतकको हुलिया सार्वजनिक गर्दै उनको उचाइ करिब ५ फिट ६ इन्च, शरीर पातलो र उमेर करिब २२/२३ वर्ष रहेको जनाएको छ। उनले दायाँ हातमा बाला लगाएका थिए भने कालो भेस्ट र निलो पाइन्ट लगाएका थिए। मृतकलाई चिन्नुहुने वा उनका आफन्तजनलाई जिल्ला प्रहरी कार्यालय बारा वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ। सम्पर्क नम्बर: ९८५५०४८१०१, ९८५५०४५१०१, ९८५५०४५७६६

कलैयामा सुमोको ठक्करबाट २२ वर्षीय पैदलयात्रीको मृत्यु, मृतकको पहिचान खुलेन

 

टिप्पणी (0)