कलैया ।७१औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बाराको आयोजनामा रक्तदान कार्यक्रम सुरु भएको छ। प्रादेशिक अस्पताल कलैयाको रक्तसञ्चार शाखासँगको सहकार्यमा मंगलबार बिहान ८ः३० बजेदेखि जिल्ला प्रहरी कार्यालय बाराको प्राङ्गणमा रक्तदान कार्यक्रम सुरु भएको हो। कार्यक्रममा बिहान १०ः३० बजेसम्म ४५ जनाले रक्तदान गरेका छन्। रक्तदान कार्यक्रममार्फत रगतको अभावमा रहेका बिरामीलाई सहयोग पुर्याउने तथा रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ। ७१औँ प्रहरी दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमले सामाजिक उत्तरदायित्व र मानवीय सेवाप्रतिको प्रहरीको प्रतिबद्धतालाई समेत उजागर गरेको छ।












टिप्पणी (0)