▣ २०८३ असोज २८☀ मौसम अपडेट
f𝕏▶◎En◯
☀ मौसम अपडेट
२०८३ असोज २८
⌂ गृह पृष्ठ|▤ समाचार · हेडलाईन

सर्लाहीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी दुई पेस्तोल र १५ राउन्ड गोलीसहित पक्राउ

सर्लाहीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी दुई पेस्तोल र १५ राउन्ड गोलीसहित पक्राउ
अमरज्योती डेली AI सारांश

प्रहरीका अनुसार उनलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा पक्राउ गरिएको हो।

थापाको साथबाट ‘MADE IN U.S.A.’ लेखिएको एक थान पेस्तोल, नाम नखुलेको अर्को एक थान पेस्तोल, तीन थान म्यागजिन र १५ राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ।

कर्तव्य ज्यान मुद्दामा फरार रहेका थापालाई पक्राउ गरेपछि बरामद गरिएका हातहतियार तथा गोलीसहित जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ।

बारा । सर्लाहीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी दुई थान पेस्तोल र १५ राउन्ड गोलीसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–१ निवासी ४८ वर्षीय मेघराज भन्ने बाबु थापा रहेका छन्। प्रहरीका अनुसार उनलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा पक्राउ गरिएको हो। थापाको साथबाट ‘MADE IN U.S.A.’ लेखिएको एक थान पेस्तोल, नाम नखुलेको अर्को एक थान पेस्तोल, तीन थान म्यागजिन र १५ राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ। कर्तव्य ज्यान मुद्दामा फरार रहेका थापालाई पक्राउ गरेपछि बरामद गरिएका हातहतियार तथा गोलीसहित जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ। पक्राउ परेका थापामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

टिप्पणी (0)