बारा । बाराको सिम्रौनगढमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। शनिबार साँझ करिब ६ः४५ बजे सिम्रौनगढ नगरपालिका–९, बसवरियास्थित नहर सडकखण्डमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।प्रहरीका अनुसार सिम्रौनगढबाट कचोर्वातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ०५ एएफ ०१४० नम्बरको मोटरसाइकलले सोही दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिएको थियो।दुर्घटनामा साइकलमा सवार सिम्रौनगढ नगरपालिका–६ निवासी अन्दाजी ३७ वर्षीया रिजवना खातुनको मृत्यु भएको हो। गम्भीर घाइते भएकी उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्याइएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। दुर्घटनामा साइकल चालक रिजवनाका श्रीमान् अन्दाजी ४० वर्षीय सबु मोहम्मद घाइते भएका छन्। उनको टाउको र निधारमा चोट लागेको प्रहरीले जनाएको छ। कलैयास्थित प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई वीरगञ्जस्थित नारायणी न्युरो अस्पतालमा रिफर गरिएको छ। त्यस्तै, मोटरसाइकल चालक सिम्रौनगढ नगरपालिका–६ निवासी बिगु महतोका अन्दाजी २५ वर्षीय छोरा अजय महतो र मोटरसाइकलमा सवार अन्दाजी २२ वर्षीय विवेक महतो पनि घाइते भएका छन्। दुवैको टाउको, नाक र कानमा चोट लागेको छ। उनीहरूलाई समेत प्रादेशिक अस्पताल कलैयामा सामान्य उपचारपछि थप उपचारका लागि नारायणी न्युरो अस्पताल वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ।दुर्घटनापछि प्रहरी चौकी कचोर्वाबाट प्रहरी हवल्दार शलेन्द्र प्रसाद यादव तथा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साहको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।दुर्घटनामा संलग्न मोटरसाइकल र साइकल प्रहरी चौकी कचोर्वाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिएका छन्।
बाराको सिम्रौनगढमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, तीन जना घाइते
अमरज्योती डेली AI सारांश
बाराको सिम्रौनगढमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
शनिबार साँझ करिब ६ः४५ बजे सिम्रौनगढ नगरपालिका–९, बसवरियास्थित नहर सडकखण्डमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।प्रहरीका अनुसार सिम्रौनगढबाट कचोर्वातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ०५ एएफ ०१४० नम्बरको मोटरसाइकलले सोही दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिएको थियो।दुर्घटनामा साइकलमा सवार सिम्रौनगढ नगरपालिका–६ निवासी अन्दाजी ३७ वर्षीया रिजवना खातुनको मृत्यु भएको हो।
त्यस्तै, मोटरसाइकल चालक सिम्रौनगढ नगरपालिका–६ निवासी बिगु महतोका अन्दाजी २५ वर्षीय छोरा अजय महतो र मोटरसाइकलमा सवार अन्दाजी २२ वर्षीय विवेक महतो पनि घाइते भएका छन्।










टिप्पणी (0)