▣ २०८३ असोज २४☀ मौसम अपडेट
f𝕏▶◎En◯
☀ मौसम अपडेट
२०८३ असोज २४
⌂ गृह पृष्ठ|▤ खेल समाचार · समाचार · हेडलाईन

बारामा ५५ किलो गाँजासहित एक जना पक्राउ

बाराको पचरौता नगरपालिकाबाट प्रहरीले ५५ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

बारामा ५५ किलो गाँजासहित एक जना पक्राउ
gaja
अमरज्योती डेली AI सारांश

इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी गस्ती टोलीले शनिबार राति गस्ती गर्ने क्रममा पचरौता नगरपालिका–६ मा यादवलाई चेकजाँच गरेको थियो।

सोही क्रममा उनको साथबाट ५५ किलो गाँजा बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार पक्राउ परेका यादवमाथि इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट थप अनुसन्धान भइरहेको छ।\n\n

कलैया । बाराको पचरौता नगरपालिकाबाट प्रहरीले ५५ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पक्राउ पर्नेमा पचरौता नगरपालिका–३, रामनगर टोल निवासी अन्दाजी ४५ वर्षीय राजकिशोर प्रसाद यादव रहेका छन्। इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी गस्ती टोलीले शनिबार राति गस्ती गर्ने क्रममा पचरौता नगरपालिका–६ मा यादवलाई चेकजाँच गरेको थियो। सोही क्रममा उनको साथबाट ५५ किलो गाँजा बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार पक्राउ परेका यादवमाथि इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट थप अनुसन्धान भइरहेको छ।

टिप्पणी (0)