नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि वडा अधिवेशन ३ र ४ गते गर्ने निर्णय

अमरज्योती
423 Views

आकाश प्रसाद साह,परवानीपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै बारा क्षेत्र नं. ४ ‘ख’ अन्तर्गत वडा अधिवेशन यही ३ र ४ गते उत्साहपूर्वक सम्पन्न गर्ने निर्णय गरिएको छ। अधिवेशनको तयारी तथा संगठनात्मक विषयमा छलफल गर्न परवानीपुर गाउँपालिका–५, नौतन टोलमा कार्यक्रम आयोजना गरिएको हो।कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय सदस्य राजकिशोर गुप्ताले कार्यक्रम सञ्चालन गरेका थिए।कार्यक्रमका प्रमुख अतिथिका रूपमा संविधानसभा सदस्य लालबाबु सिंह सहभागी भएका थिए। त्यस्तै, कार्यक्रममा  प्रसौनी  गाउँपालिका नेपाली कांग्रेसका सभापति हरि राउत पटेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेस बारा क्षेत्र नं. ४ ‘ख’का सभापति लोकेश सिंहले गरेका थिए भने कार्यक्रममा नेपाली कांग्रेस बारा जिल्ला उपसभापति अमेरिलाल पाल, नेपाली कांग्रेस फेटा गाउँपालिका का सभापति मनोज शाह , नेपाली कांग्रेस परवानीपुर गाउँपालिकाका कार्यबाहेक सभापति लोहासिंह पटेल ,नेपाली कांग्रेसका युवा नेता दिनेश शाह र विजय गुप्ता लगायतका उपस्थिति थिए। कार्यक्रममा क्षेत्रअन्तर्गतका चारवटै गाउँपालिकाका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि वडा तहदेखि नै संगठनलाई सक्रिय र व्यवस्थित बनाउँदै अधिवेशनलाई सफल बनाउने विषयमा छलफल भएको बताइएको छ। पार्टीको आगामी महाधिवेशनलाई लक्षित गर्दै वडा अधिवेशन निर्धारित मितिमा उत्साहपूर्वक सम्पन्न गर्ने निर्णयसमेत गरिएको जनाइएको छ।

कार्यक्रम परवानीपुर गाउँपालिका–५, नौतन टोलमा सम्पन्न भएको हो।पार्टीको महाधिवेशन प्रक्रियालाई तल्लो तहबाटै मजबुत बनाउने उद्देश्यले वडा अधिवेशनलाई महत्वपूर्ण रूपमा लिइएको नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि अनिलकुमार साहले बताएका छन्।

 

Share This Article