कलैया । बाराको कलैया उपमहानगरपालिका–२ का रामजी मण्डल महतोले आफ्नो जानकारी र अनुमतिविना बैंकबाट आफ्नो नाममा चेकबुक निकालिएको भन्दै तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।महतोका अनुसार उनको अनुमति नलिई एनआईएमबी बैंक लिमिटेडको वीरगन्ज शाखाबाट २०८३ भदौ ९ गते (२५ अगस्ट २०२६) उनको नाममा १० पाना भएको चेकबुक निकालिएको हो।
यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महतोले सोमबार एनआईएमबी बैंकको कलैया शाखाका प्रबन्धक परमेश्वर प्रसाद साहसमक्ष लिखित निवेदन दिएका छन्। उनले आफूलाई कुनै जानकारी नदिई चेकबुक निकालिनु गम्भीर विषय भएको भन्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
आफ्नो नाममा जारी भएको चेकबुक कसरी र कसको प्रक्रियाबाट निकालियो भन्ने विषयमा स्पष्ट जानकारी दिन तथा चेकबुकको सम्भावित दुरुपयोग रोक्न तत्काल आवश्यक कदम चाल्न पनि महतोले बैंकसँग आग्रह गरेका छन्। महतोले घटनामा संलग्न व्यक्तिको पहिचान गरी आवश्यक कानुनी कारबाही गर्नसमेत माग गरेका छन्।


Leave a Reply