▣ २०८३ कात्तिक ७☀ मौसम अपडेट
f𝕏▶◎En◯
☀ मौसम अपडेट
२०८३ कात्तिक ७
⌂ गृह पृष्ठ|▤ राजनीति · समाचार · हेडलाईन

नेपाली कांग्रेस जीतपुरसिमराद्वारा नवनिर्वाचित केन्द्रीय सदस्यलाई बधाई तथा शुभकामना

नेपाली कांग्रेस जीतपुरसिमराद्वारा नवनिर्वाचित केन्द्रीय सदस्यलाई बधाई तथा शुभकामना
अमरज्योती डेली AI सारांश

नेपाली कांग्रेस जीतपुरसिमरा उपमहानगरपालिकाले पार्टीको १५औँ महाधिवेशनबाट बारा जिल्लाबाट केन्द्रीय सदस्यमा निर्वाचित ममता शर्मा र मेधा शाहीलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ।

कार्यक्रमका विशिष्ट अतिथि तथा नवनिर्वाचित केन्द्रीय सदस्य मेधा शाहीले आफूलाई केन्द्रीय सदस्यमा निर्वाचित गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिन्।

कार्यक्रममा वडा सभापति यमुना उपाध्याय, वडा अध्यक्ष चतुरबाबु वाग्ले, प्रदेश सभापति छविलाल शर्मा, विजय गुप्ता, पूर्वकेन्द्रीय सदस्य मधु शाही, पूर्वआमन्त्रित केन्द्रीय सदस्य नारायण रायमाझी, पूर्वमधेश प्रदेश सदस्य शोभा लामा, महाधिवेशन प्रतिनिधि माधवप्रसाद उपाध्याय, हरिप्रसाद थपलियालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

पवन सिंह ,बारा । नेपाली कांग्रेस जीतपुरसिमरा उपमहानगरपालिकाले पार्टीको १५औँ महाधिवेशनबाट बारा जिल्लाबाट केन्द्रीय सदस्यमा निर्वाचित ममता शर्मा र मेधा शाहीलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। साथै, विजयादशमी, शुभदीपावली, नेपाल संवत् तथा छठ पर्व २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। शनिबार (कात्तिक ७ गते) जीतपुरसिमरा उपमहानगरपालिका–४, औराहास्थित दुर्गा मन्दिर सभा हलमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता, जनप्रतिनिधि तथा पार्टीका विभिन्न तहका पदाधिकारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री फरमुल्लाह मन्सुरले गगनकुमार थापाको नेतृत्वमा सम्पन्न १५औँ महाधिवेशनले पार्टीमा नयाँ ऊर्जा थपेको बताए। उनले नेपाली कांग्रेसमा लामो समयदेखि कायम रहेको गुटगत राजनीतिलाई अन्त्य गर्दै सबैको साझा पार्टी बनाउने अभियानमा नेतृत्व अघि बढ्नुपर्ने धारणा राखे। थापाको नेतृत्वमा पार्टीलाई गुटरहित बनाउने प्रयास भइरहेको उल्लेख गर्दै उनले कांग्रेसप्रति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासो बढेको बताए। कार्यक्रमका विशिष्ट अतिथि तथा नवनिर्वाचित केन्द्रीय सदस्य मेधा शाहीले आफूलाई केन्द्रीय सदस्यमा निर्वाचित गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिन्। उनले पार्टीका नेता तथा कार्यकर्ताले आफूलाई दिएको विश्वास, माया, स्नेह र आशीर्वादलाई आत्मसात् गर्दै अघि बढ्ने प्रतिबद्धता जनाइन्। युवा तथा महिला नेतृत्वको भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्ने उनको भनाइ थियो। त्यस्तै, नवनिर्वाचित केन्द्रीय सदस्य ममता शर्माले नेपाली कांग्रेसको परिवारसँग जोडिएको छोटो अवधिमै पार्टीले माया, स्नेह र जिम्मेवारी दिएकोमा धन्यवाद व्यक्त गरिन्। उनले ऐतिहासिक विरासत बोकेको पार्टीमा नयाँ ऊर्जा थप्दै जनताको अपेक्षाअनुसार अघि बढ्ने प्रतिबद्धता जनाइन्। फरक राजनीतिक पृष्ठभूमिबाट कांग्रेसमा आबद्ध भएर धेरै कुरा सिक्ने अवसर पाएको उल्लेख गर्दै उनले कसैलाई दोषारोपण नगरी आफ्नो जिम्मेवारी पूरा गर्ने बताइन्।

नेपाली कांग्रेस जीतपुरसिमराद्वारा नवनिर्वाचित केन्द्रीय सदस्यलाई बधाई तथा शुभकामना

कार्यक्रममा नेपाली कांग्रेस बारा क्षेत्र नं. ४ का क्षेत्रीय सभापति लोकेश सिंहले आगामी स्थानीय तथा प्रदेश तहका निर्वाचनलाई लक्षित गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई सक्रियतापूर्वक तयारीमा जुट्न आग्रह गरे। उनले जिल्लामा गुटगत विभाजनभन्दा काम र योगदानका आधारमा जिम्मेवारी दिने वातावरण बनाउनुपर्नेमा जोड दिए। पार्टीलाई बलियो बनाउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने उनको भनाइ थियो। कार्यक्रममा वडा सभापति यमुना उपाध्याय, वडा अध्यक्ष चतुरबाबु वाग्ले, प्रदेश सभापति छविलाल शर्मा, विजय गुप्ता, पूर्वकेन्द्रीय सदस्य मधु शाही, पूर्वआमन्त्रित केन्द्रीय सदस्य नारायण रायमाझी, पूर्वमधेश प्रदेश सदस्य शोभा लामा, महाधिवेशन प्रतिनिधि माधवप्रसाद उपाध्याय, हरिप्रसाद थपलियालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेस जीतपुरसिमरा उपमहानगरपालिका नगर सभापति रमेशप्रसाद पाण्डेले गरेका थिए भने स्वागत मन्तव्य नगर उपसभापति उदय श्रेष्ठले राखेका थिए। कार्यक्रममा नवनिर्वाचित केन्द्रीय सदस्यद्वयलाई प्रमुख अतिथि र सभापतिले फूलमाला लगाएर सम्मान गरेका थिए। गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गरिएको थियो।भने कार्यक्रमको सञ्चालन सुशील ढोडारीले गरेका थिए।

टिप्पणी (0)