▣ २०८३ कात्तिक २☀ मौसम अपडेट
f𝕏▶◎En◯
☀ मौसम अपडेट
२०८३ कात्तिक २
⌂ गृह पृष्ठ|▤ समाचार · हेडलाईन

फर्पिङमा ७२ हजारभन्दा बढी ट्रामाडोल क्याप्सुलसहित बारा र पर्साका दुई युवक पक्राउ

फर्पिङमा ७२ हजारभन्दा बढी ट्रामाडोल क्याप्सुलसहित बारा र पर्साका दुई युवक पक्राउ
अमरज्योती डेली AI सारांश

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–२३, कोयरियाका २७ वर्षीय सुदीप पटेल र पर्साको वीरगञ्ज महानगरपालिका–१७, अलौका २७ वर्षीय सुनिल सहनी रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बा २० च ७५८८ नम्बरको कारको डिक्कीमा लुकाएर राखिएको अवस्थामा उक्त परिमाणको ट्रामाडोल बरामद गरिएको हो।

दक्षिणकाली नगरपालिका–५ स्थित फर्पिङ बसपार्कमा सवारीसाधन जाँच गर्ने क्रममा सोमबार बिहान करिब ४ः३० बजे प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

सिमरा । काठमाडौंको फर्पिङबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोलका ७२ हजार ८० क्याप्सुलसहित बारा र पर्साका दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–२३, कोयरियाका २७ वर्षीय सुदीप पटेल र पर्साको वीरगञ्ज महानगरपालिका–१७, अलौका २७ वर्षीय सुनिल सहनी रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बा २० च ७५८८ नम्बरको कारको डिक्कीमा लुकाएर राखिएको अवस्थामा उक्त परिमाणको ट्रामाडोल बरामद गरिएको हो। दक्षिणकाली नगरपालिका–५ स्थित फर्पिङ बसपार्कमा सवारीसाधन जाँच गर्ने क्रममा सोमबार बिहान करिब ४ः३० बजे प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले बरामद लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको जनाएको छ।

टिप्पणी (0)