महेन्द्र राजमार्गकै छेउमा सालको काठ तस्करी, पिकअप वन कार्यालयको नियन्त्रणमा

अमरज्योती
31 Views

बारा । बाराको डुमरवाना क्षेत्रमा महेन्द्र राजमार्गसँगै सालको गोलाई काठ तस्करी गर्ने क्रममा पिकअप भ्यान डिभिजन वन कार्यालय, बारा सिमराको नियन्त्रणमा परेको छ।प्राप्त विवरणअनुसार महेन्द्र राजमार्गबाट करिब १०० मिटर दक्षिणतर्फ सालको बहुमूल्य गोलाई काठ तस्करी गर्न लागिएको अवस्थामा मधेश प्रदेश ०३–००१ च ७५१० नम्बरको पिकअप भ्यान नियन्त्रणमा लिइएको हो।
वन कार्यालयका अनुसार घटनास्थलमा करिब १२० फिट लम्बाइ र १० फिट मोटाइको सालको गोलाई काठ फेला परेको छ। राजमार्गसँगैको क्षेत्रबाटै ठूलो परिमाणमा काठ तस्करीको प्रयास भएको घटनाले वन क्षेत्रबाट हुने अवैध काठ ओसारपसारमाथि थप प्रश्न उठाएको छ।
घटनामा संलग्न व्यक्ति तथा समूहको पहिचान र काठको स्रोतबारे थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय, बारा सिमराले जनाएको छ।बारा । बाराको डुमरवाना क्षेत्रमा महेन्द्र राजमार्गसँगै सालको गोलाई काठ तस्करी गर्ने क्रममा पिकअप भ्यान डिभिजन वन कार्यालय, बारा सिमराको नियन्त्रणमा परेको छ।प्राप्त विवरणअनुसार महेन्द्र राजमार्गबाट करिब १०० मिटर दक्षिणतर्फ सालको बहुमूल्य गोलाई काठ तस्करी गर्न लागिएको अवस्थामा मधेश प्रदेश ०३–००१ च ७५१० नम्बरको पिकअप भ्यान नियन्त्रणमा लिइएको हो।
वन कार्यालयका अनुसार घटनास्थलमा करिब १२० फिट लम्बाइ र १० फिट मोटाइको सालको गोलाई काठ फेला परेको छ। राजमार्गसँगैको क्षेत्रबाटै ठूलो परिमाणमा काठ तस्करीको प्रयास भएको घटनाले वन क्षेत्रबाट हुने अवैध काठ ओसारपसारमाथि थप प्रश्न उठाएको छ।
घटनामा संलग्न व्यक्ति तथा समूहको पहिचान र काठको स्रोतबारे थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय, बारा सिमराले जनाएको छ।

Share This Article