रसुवामा बाराका ट्रक चालक सम्पर्कविहीन

रसुवामा भदौ १० गते बुधबार बिहान आएको बाढीपछि बाराका एक ट्रक चालकसमेत सम्पर्कविहीन भएका छन्।

बाराको परवानीपुर गाउँपालिका–५ निवासी ट्रक चालक नमो नारायण सिंह रसुवा भन्सार क्षेत्रबाट सम्पर्कविहीन रहेको परिवारजनले बताएका छन्। बाढीपछि उनको अवस्था हालसम्म अज्ञात रहेको छ।

सम्पर्कविहीन सिंहको खोजी तथा अवस्थाबारे जानकारी लिन सम्बन्धित निकायले प्रयास गरिरहेको जनाइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *