भलुहीमा नेपाली कांग्रेसको चुनाव प्रचार तथा घरदैलो कार्यक्रम सम्पन्न

अमरज्योती
776 Views

बारा, ५ फागुन
नेपाली काँग्रेस क्षेत्र नं. ४ ले आज जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२३ को भलुहीमा नेपाली कांग्रेसको चुनाव प्रचार तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ।

नेपाली काँग्रेस क्षेत्र नं. ४ का युवा, जुझारु, निडर, इमान्दार, मिहिनेती, जनताको सुखदुःखमा सँधै अग्रसर रहने जननायक श्यामबाबु गुप्तालाई बहुमुतको साथ जित हाँसिल गराउनको लागि सो घरदैलो कार्यक्रम गरिएको थियो।

सो घरदैलो कार्यक्रममा गुप्ताको हौसला बढाउन तथा चुनावी माहौल तताउनको लागि नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङ पनि सो घरदैलो कार्यक्रममा सहभागी भएका थिए।

अबकि बार नेपाली काँग्रेस नया जोस जाँगरका साथ नयाँ युगको माग सहितको नयाँ नेतृत्वको लागि गुप्ताको जित सुनिश्चित गर्न सबै जना मिलेर घरदैलो गरेका थिए। घरदैलो कार्यक्रममा जनताको राम्रो र आशाजनक रहेको पाइएको जानकारी गराइएको छ।

सो घरदैलो कार्यक्रममा बारा क्षेत्र नं.४ ख का सभापति लोकेश सिंह, नेपाल तरुण दलका केन्द्रिय सदस्य राजकिशोर गुप्ता, नेपाल तरुण दलका बाराका सभापति दीपेन्द्र पटेल, लगायतको नेता कार्यकर्ता, स्थानिय भद्रभलादमीको सहभागिता रहेको थियो।

Share This Article