▣ २०८३ कात्तिक २☀ मौसम अपडेट
f𝕏▶◎En◯
☀ मौसम अपडेट
२०८३ कात्तिक २
⌂ गृह पृष्ठ|▤ लेख विचार · समाचार · हेडलाईन

बारामा सर्पदंशबाट १० वर्षीया बालिकाको मृत्यु

बारामा सर्पदंशबाट १० वर्षीया बालिकाको मृत्यु
Ai generated image
अमरज्योती डेली AI सारांश

प्रहरीका अनुसार आइतबार राति आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा बालिकालाई नाम नखुलेको सर्पले टोकेको थियो।

अस्पतालमा उपचारका क्रममा चिकित्सकले ईसीजी परीक्षणसहित जाँच गर्दा सोमबार राति १२ः२९ बजे बालिकालाई मृत घोषणा गरेका थिए।

घटनाबारे अस्पतालको प्रहरी कर्मचारीमार्फत इलाका प्रहरी कार्यालय प्रसौनीमा जानकारी प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक रामबालक साहको कमान्डमा प्रहरी टोली घटनासम्बन्धी आवश्यक अनुसन्धानका लागि खटिएको प्रहरीले जनाएको छ।

बारा । बाराको परवानीपुर गाउँपालिकामा सर्पले टोकेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा परवानीपुर गाउँपालिका–५, नौतन टोल निवासी मनोज साहकी १० वर्षीया छोरी सन्झना कुमारी रहेकी छन्। प्रहरीका अनुसार आइतबार राति आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा बालिकालाई नाम नखुलेको सर्पले टोकेको थियो। सर्पले टोकेपछि बिरामी भएकी उनलाई उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल लगिएको थियो। अस्पतालमा उपचारका क्रममा चिकित्सकले ईसीजी परीक्षणसहित जाँच गर्दा सोमबार राति १२ः२९ बजे बालिकालाई मृत घोषणा गरेका थिए। घटनाबारे अस्पतालको प्रहरी कर्मचारीमार्फत इलाका प्रहरी कार्यालय प्रसौनीमा जानकारी प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक रामबालक साहको कमान्डमा प्रहरी टोली घटनासम्बन्धी आवश्यक अनुसन्धानका लागि खटिएको प्रहरीले जनाएको छ। बालिकाको शव नारायणी अस्पतालमै रहेको जनाइएको छ।

टिप्पणी (0)