बारा । सीमा क्षेत्रमा हुने अवैध चोरी–तस्करी नियन्त्रण तथा राजस्व चुहावट रोक्न सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हेडक्वार्टर बाराले सञ्चालन गरेको निगरानी तथा चेकजाँचका क्रममा असोज महिनामा मात्रै १ करोड १५ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरीले सञ्चालन गरेको कारबाहीका क्रममा तस्करीमा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिइएको छ। बरामद सामानसहित उनीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। गणअन्तर्गतका सीमा सुरक्षा इकाइहरूले कपडा, किराना सामान, सूर्तीजन्य पदार्थ, मोबाइलका पार्टपुर्जा, खाद्यवस्तु, सवारीसाधनका पार्टपुर्जा लगायत भन्सार छली गरी ओसारपसार गरिने सामान नियन्त्रणमा सक्रियता बढाएका छन्। सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न नियमित गस्ती, मोबाइल टोली परिचालन, सीमा नाकामा निगरानी तथा अन्य सम्बन्धित निकायसँग समन्वयलाई प्राथमिकता दिइएको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हेडक्वार्टर बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) विक्रममणि अधिकारीका अनुसार सीमा क्षेत्रमा हुने चोरी–तस्करी नियन्त्रण, राज्यको राजस्व संरक्षण तथा सीमापार अपराध न्यूनीकरणका लागि गणअन्तर्गतका इकाइहरूलाई सक्रिय रूपमा परिचालन गरिएको छ। उनका अनुसार असोज महिनामा गरिएको कारबाहीबाट १ करोड १५ लाख रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद हुनुका साथै तस्करीमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका हुन्। उनीहरूलाई बरामद सामानसहित आवश्यक कानुनी प्रक्रिया अघि बढाउन वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको उनले जानकारी दिए। सीमा क्षेत्रमा अवैध ओसारपसार नियन्त्रणका लागि सूचना संकलन, नियमित गस्ती, मोबाइल टोली परिचालन तथा अन्य सुरक्षा निकायसँगको समन्वयलाई थप प्रभावकारी बनाइएको डीएसपी अधिकारीले बताए। सशस्त्र प्रहरीको सक्रियताले राज्यको राजस्व संरक्षण गर्नुका साथै सीमावर्ती क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न र अवैध कारोबार न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हेडक्वार्टर बाराले आगामी दिनमा पनि सीमा क्षेत्रमा निगरानी तथा चेकजाँचलाई थप प्रभावकारी बनाउँदै चोरी–तस्करी नियन्त्रण र राजस्व संरक्षणका लागि कारबाहीलाई निरन्तरता दिने जनाएको छ।
बारामा सशस्त्र प्रहरीको सक्रियता: असोजमा १ करोड १५ लाखभन्दा बढीका अवैध सामान बरामद
अमरज्योती डेली AI सारांश
सशस्त्र प्रहरीले सञ्चालन गरेको कारबाहीका क्रममा तस्करीमा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिइएको छ।
बरामद सामानसहित उनीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
१२ गण हेडक्वार्टर बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) विक्रममणि अधिकारीका अनुसार सीमा क्षेत्रमा हुने चोरी–तस्करी नियन्त्रण, राज्यको राजस्व संरक्षण तथा सीमापार अपराध न्यूनीकरणका लागि गणअन्तर्गतका इकाइहरूलाई सक्रिय रूपमा परिचालन गरिएको छ।









टिप्पणी (0)