▣ २०८३ कात्तिक ८☀ मौसम अपडेट
f𝕏▶◎En◯
☀ मौसम अपडेट
२०८३ कात्तिक ८
⌂ गृह पृष्ठ|▤ समाचार · स्वास्थ्य

बारामा कोब्रा सर्पले टोकेर ४ वर्षीय बालकको मृत्यु

बारामा कोब्रा सर्पले टोकेर ४ वर्षीय बालकको मृत्यु
Ai generater image
अमरज्योती डेली AI सारांश

प्रहरीका अनुसार आइतबार साँझ करिब ५ः३० बजे मामाघरअगाडि खेलिरहेको अवस्थामा बालकलाई विषालु कोब्रा सर्पले बायाँ खुट्टामा टोकेको थियो।

घटनाबारे साँझ ६ः२७ बजे प्रहरी चौकी मुसहर्वा, बारामा जानकारी प्राप्त भएपछि प्रहरी नायब निरीक्षक मनोज साह सोनारको कमान्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।

प्रहरीका अनुसार साँझ ७ः४० बजे बालकका मामा जितेन्द्र कुमार पालले नारायणी अस्पतालबाट शव मामाघर ल्याएका थिए।

बारा । बाराको विश्रामपुर गाउँपालिकामा विषालु कोब्रा सर्पले टोकेर चार वर्षीय बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लाको पकडिया घर भएका गजेन्द्र प्रसाद पालका छोरा चार वर्षीय आदित्य प्रसाद पाल रहेका छन्। उनी करिब एक महिनादेखि आमासँगै बाराको विश्रामपुर गाउँपालिका–५, इटियाहीस्थित मामाघरमा बस्दै आएका थिए।

प्रहरीका अनुसार आइतबार साँझ करिब ५ः३० बजे मामाघरअगाडि खेलिरहेको अवस्थामा बालकलाई विषालु कोब्रा सर्पले बायाँ खुट्टामा टोकेको थियो। सर्पले टोकेपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल लगिएको थियो।

अस्पतालमा चिकित्सकले जाँच गर्दा साँझ ६ बजे बालकलाई मृत घोषणा गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे साँझ ६ः२७ बजे प्रहरी चौकी मुसहर्वा, बारामा जानकारी प्राप्त भएपछि प्रहरी नायब निरीक्षक मनोज साह सोनारको कमान्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।

प्रहरीका अनुसार साँझ ७ः४० बजे बालकका मामा जितेन्द्र कुमार पालले नारायणी अस्पतालबाट शव मामाघर ल्याएका थिए। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

टिप्पणी (0)