▣ २०८३ असोज २३☀ मौसम अपडेट
f𝕏▶◎En◯
☀ मौसम अपडेट
२०८३ असोज २३
⌂ गृह पृष्ठ|▤ लेख विचार · समाचार · हेडलाईन

गरिमा चौधरी हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधार गृह पठाउन अदालतको आदेश

गरिमा चौधरी हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधार गृह पठाउन अदालतको आदेश
अमरज्योती डेली AI सारांश

जिल्ला अदालतको नम्बर १ इजलासका न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले तत्कालका लागि दुवै नाबालकलाई बाल सुधार गृहमा राखेर मुद्दाको प्रक्रिया अघि बढाउने आदेश दिएको अदालतका श्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए।अदालतले पीडित परिवारलाई सरकारी पीडित राहत कोषबाट २ लाख रुपैयाँ अन्तरिम क्षतिपूर्ति उपलब्ध गराउनसमेत आदेश दिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक विमल खतिवडाका अनुसार उनीहरूमाथिको अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउने तयारी भइरहेको छ।बालबालिकासम्बन्धी कानुनी व्यवस्थाअनुसार नाबालकको हकमा २१ दिनभित्र अनुसन्धान पूरा गरी सरकारी वकिलमार्फत अदालतमा अभियोजन दर्ता गर्नुपर्ने भएकाले दुई नाबालकविरुद्धको कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

सो सहमतिपछि मात्रै बालिकाको अन्त्येष्टि गरिएको थियो।अब अदालतको आदेशसँगै दुई नाबालकविरुद्धको मुद्दा न्यायिक प्रक्रियामा अघि बढेको छ भने अन्य सात वयस्क अभियुक्तमाथिको अनुसन्धान पनि निर्णायक चरणमा पुगेको प्रहरीले जनाएको छ।

बारा । जितपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका दुई नाबालकलाई बारा जिल्ला अदालतले पुर्पक्षका लागि बाल सुधार गृह वीरगन्ज पठाउने आदेश दिएको छ।बालिकालाई शरीर बन्धक तथा अपहरण, बलात्कार र हत्या गरेको अभियोगमा दायर मुद्दामा बुधबार अदालतले थुनछेक आदेश सुनाएको हो। जिल्ला अदालतको नम्बर १ इजलासका न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले तत्कालका लागि दुवै नाबालकलाई बाल सुधार गृहमा राखेर मुद्दाको प्रक्रिया अघि बढाउने आदेश दिएको अदालतका श्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए।अदालतले पीडित परिवारलाई सरकारी पीडित राहत कोषबाट २ लाख रुपैयाँ अन्तरिम क्षतिपूर्ति उपलब्ध गराउनसमेत आदेश दिएको छ। प्रतिवादीबाट तत्काल क्षतिपूर्ति भराउन सकिने अवस्था नदेखिएपछि सरकारी कोषबाट रकम उपलब्ध गराउने आदेश भएको जनाइएको छ। यस घटनामा पक्राउ परेका अन्य सात जना वयस्क अभियुक्तमाथि भने अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक विमल खतिवडाका अनुसार उनीहरूमाथिको अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउने तयारी भइरहेको छ।बालबालिकासम्बन्धी कानुनी व्यवस्थाअनुसार नाबालकको हकमा २१ दिनभित्र अनुसन्धान पूरा गरी सरकारी वकिलमार्फत अदालतमा अभियोजन दर्ता गर्नुपर्ने भएकाले दुई नाबालकविरुद्धको कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। बुधबार भएको बहसका क्रममा बालिकाको परिवारसमेत अदालत पुगेको थियो। घरबाट हराएको दुई दिनपछि भेटिएको थियो शव गत साउन ३१ गते घरबाट हराएकी गरिमाको शव भदौ २ गते जितपुरसिमरा–१ स्थित भक्तिनगरको एक सुनसान घरमा फेला परेको थियो। घटनापछि गरिएको प्रारम्भिक अनुसन्धानमा बालिकामाथि यौन हिंसा गरी हत्या गरिएको खुलेपछि स्थानीयवासीमा आक्रोश फैलिएको थियो। घटनाको निष्पक्ष अनुसन्धान, सत्यतथ्य सार्वजनिक गर्नुपर्ने र दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गर्दै बारा, पर्सादेखि काठमाडौंसम्म प्रदर्शन तथा आन्दोलन भएका थिए। पीडित परिवारले समेत न्यायको सुनिश्चितता नभएसम्म आफूहरू पछि नहट्ने अडान राख्दै आएका थिए।आन्दोलन चर्किँदै गएपछि अन्ततः सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको थियो। सो सहमतिपछि मात्रै बालिकाको अन्त्येष्टि गरिएको थियो।अब अदालतको आदेशसँगै दुई नाबालकविरुद्धको मुद्दा न्यायिक प्रक्रियामा अघि बढेको छ भने अन्य सात वयस्क अभियुक्तमाथिको अनुसन्धान पनि निर्णायक चरणमा पुगेको प्रहरीले जनाएको छ। पीडित परिवार र स्थानीयवासी भने घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याई गरिमाले न्याय पाउनुपर्ने मागमा छन्।  

गरिमा चौधरी हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधार गृह पठाउन अदालतको आदेश

टिप्पणी (0)