बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित आधाभार जंगलमा उडिरहेका मौरीले टोकेर स्कुटरमा सवार श्रीमान्–श्रीमती घाइते भएका छन्। प्रहरीका अनुसार २०८३ असोज २७ गते बिहान करिब १०ः५० बजे पिलुवाबाट हेटौँडातर्फ जाँदै गरेको लु. ४४ प ३१४४ नम्बरको स्कुटरमा सवार दम्पतीलाई मौरीले टोकेका थिए। घाइते हुनेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ निवासी अन्दाजी २७ वर्षीय आमोद विक र उनकी २८ वर्षीया श्रीमती प्रमिला कुमारी विक रहेका छन्। मौरीको टोकाइबाट घाइते भएका दुवै जनालाई उपचारका लागि सिमरास्थित सिटीस्टार अस्पतालमा भर्ना गरिएको छ। अस्पतालबाट प्राप्त जानकारीअनुसार स्कुटर चालक आमोदको अवस्था मध्यम रहेको छ भने पछाडि सवार उनकी श्रीमती प्रमिलाको अवस्था सामान्य रहेको छ। घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी पथलैया, बाराबाट प्रहरी हवल्दार दीपेन्द्र साहको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घटनामा संलग्न स्कुटर प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
बाराको आधाभार जंगलमा मौरीको टोकाइबाट श्रीमान्–श्रीमती घाइते

ai image
अमरज्योती डेली AI सारांश
बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित आधाभार जंगलमा उडिरहेका मौरीले टोकेर स्कुटरमा सवार श्रीमान्–श्रीमती घाइते भएका छन्।
घाइते हुनेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ निवासी अन्दाजी २७ वर्षीय आमोद विक र उनकी २८ वर्षीया श्रीमती प्रमिला कुमारी विक रहेका छन्।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी पथलैया, बाराबाट प्रहरी हवल्दार दीपेन्द्र साहको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।










टिप्पणी (0)