▣ २०८३ कात्तिक ८☀ मौसम अपडेट
f𝕏▶◎En◯
☀ मौसम अपडेट
२०८३ कात्तिक ८
⌂ गृह पृष्ठ|▤ समाचार

बाराको कोल्हवीमा पहिचान नखुलेका पुरुषको मृत्यु, आफन्तलाई सम्पर्क गर्न प्रहरीको आग्रह

बाराको कोल्हवीमा पहिचान नखुलेका पुरुषको मृत्यु, आफन्तलाई सम्पर्क गर्न प्रहरीको आग्रह
अमरज्योती डेली AI सारांश

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार २०८३ कात्तिक ८ गते दिउँसो करिब ३:२५ बजे खेतको डिलमा अचेत अवस्थामा एक पुरुष रहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कोल्हवीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।

करिब ६० देखि ६२ वर्ष उमेरका ती पुरुषलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएकोमा सोही दिन साँझ ५:२० बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको पहिचान खुल्न नसकेपछि प्रहरीले उनको हुलियाका आधारमा चिन्न सक्ने व्यक्ति तथा आफन्तलाई सम्पर्क गर्न आग्रह गरेको छ।

बारा ।बाराको कोल्हवी नगरपालिका–२, निकास टोलमा अचेत अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार २०८३ कात्तिक ८ गते दिउँसो करिब ३:२५ बजे खेतको डिलमा अचेत अवस्थामा एक पुरुष रहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कोल्हवीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। करिब ६० देखि ६२ वर्ष उमेरका ती पुरुषलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएकोमा सोही दिन साँझ ५:२० बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव हाल प्रादेशिक अस्पताल कलैयामा सुरक्षित राखिएको छ।

मृतकको पहिचान खुल्न नसकेपछि प्रहरीले उनको हुलियाका आधारमा चिन्न सक्ने व्यक्ति तथा आफन्तलाई सम्पर्क गर्न आग्रह गरेको छ। प्रहरीका अनुसार मृतकको वर्ण कालो, उचाइ करिब ५ फिट ६ इन्च र कपाल सेतो रहेको छ। उनले घाँटीमा सेतोमा हरियो धर्सा भएको गम्छा, सेतो र खैरो धर्का भएको सर्ट तथा सुन्तला रङको धोती लगाएका थिए। उनको दाहिने हातको नाडीमा रातो धागो बाँधिएको र दाहिने हातको साइँली औँलामा औँठी रहेको प्रहरीले जनाएको छ।

मृतकलाई चिन्नुहुने व्यक्ति वा आफन्तले जिल्ला प्रहरी कार्यालय बारामा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

सम्पर्क नम्बर प्रहरी कन्ट्रोल: १०० ९८५५०४५१०१ *९८५५०४८१०१

टिप्पणी (0)