▣ २०८३ कात्तिक ११☀ मौसम अपडेट
f𝕏▶◎En◯
☀ मौसम अपडेट
२०८३ कात्तिक ११
⌂ गृह पृष्ठ|▤ समाचार

पथलैयामा माछाको गाडीभित्र लुकाएर ल्याइएको ८० हजारको पटका बरामद, दुई जना नियन्त्रणमा

पथलैयामा माछाको गाडीभित्र लुकाएर ल्याइएको ८० हजारको पटका बरामद, दुई जना नियन्त्रणमा
अमरज्योती डेली AI सारांश

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैयास्थित प्रहरी चेकपोइन्टबाट प्रहरीले अवैध रूपमा ओसारपसार गरिँदै गरेको करिब ८० हजार रुपैयाँ मूल्य बराबरका विभिन्न प्रकारका पटका बरामद गरेको छ।

माछा बोकेको पिकअपभित्र लुकाएर ल्याइएका पटका बरामद गर्नुका साथै प्रहरीले ओसारपसारमा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मंगलबार बिहान करिब ८ः३० बजे प्रहरी चौकी पथलैयाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक युवराज दाहालको कमाण्डमा खटिएको टोलीले नियमित चेकजाँचका क्रममा पटका बरामद गरेको हो।

सोही क्रममा माछाको लोडभित्र लुकाइछिपाइ ल्याउँदै गरेको विभिन्न सात प्रकारका ६४ डिब्बा पटका फेला परेको प्रहरीले जनाएको छ।पटका ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले रौतहटको राजपुर कुडिया नगरपालिका–५ निवासी २८ वर्षीय विनोद महतो र बाराको पचरौता नगरपालिका–७ निवासी २६ वर्षीय राधाकृष्ण सहनीलाई नियन्त्रणमा लिएको छ।

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैयास्थित प्रहरी चेकपोइन्टबाट प्रहरीले अवैध रूपमा ओसारपसार गरिँदै गरेको करिब ८० हजार रुपैयाँ मूल्य बराबरका विभिन्न प्रकारका पटका बरामद गरेको छ। माछा बोकेको पिकअपभित्र लुकाएर ल्याइएका पटका बरामद गर्नुका साथै प्रहरीले ओसारपसारमा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मंगलबार बिहान करिब ८ः३० बजे प्रहरी चौकी पथलैयाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक युवराज दाहालको कमाण्डमा खटिएको टोलीले नियमित चेकजाँचका क्रममा पटका बरामद गरेको हो। प्रहरीले सिम्रौनगढबाट काठमाडौंका लागि माछा लोड गरी जाँदै गरेको बा.प्र.०१–०३४ च ७३१५ नम्बरको पिकअपलाई पथलैया चेकपोइन्टमा रोकेर जाँच गरेको थियो। सोही क्रममा माछाको लोडभित्र लुकाइछिपाइ ल्याउँदै गरेको विभिन्न सात प्रकारका ६४ डिब्बा पटका फेला परेको प्रहरीले जनाएको छ।पटका ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले रौतहटको राजपुर कुडिया नगरपालिका–५ निवासी २८ वर्षीय विनोद महतो र बाराको पचरौता नगरपालिका–७ निवासी २६ वर्षीय राधाकृष्ण सहनीलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार बरामद गरिएका पटका सात प्रकारका छन्। तीमध्ये पेटा स्काइ प्लस ३० डिब्बा, रेड क्राकलिङ सर्ट १० डिब्बा, फ्लावर गार्डेन एक डिब्बा, सिङ्गल रकेट १२ डिब्बा, फ्लावर म्याजिक ६ डिब्बा, फ्लाइङ स्टार चार डिब्बा र फ्लावर सो एक डिब्बा रहेका छन्। बरामद गरिएका पटाकाको कुल अनुमानित मूल्य करिब ८० हजार रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। माछा ढुवानी गर्ने सवारीसाधनभित्र पटका लुकाएर ओसारपसार गरिएको घटनालाई प्रहरीले अवैध सामग्रीको ढुवानी नियन्त्रण गर्ने क्रममा फेला पारेको हो। बरामद पटका, नियन्त्रणमा लिइएका दुवै व्यक्ति तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

टिप्पणी (0)