▣ २०८३ कात्तिक १२☀ मौसम अपडेट
f𝕏▶◎En◯
☀ मौसम अपडेट
२०८३ कात्तिक १२
⌂ गृह पृष्ठ|▤ समाचार

बारामा अवैध काठ तस्करीको प्रयास, भ्यानसहित चालक पक्राउ, दुई जना फरार

बारामा अवैध काठ तस्करीको प्रयास, भ्यानसहित चालक पक्राउ, दुई जना फरार
अमरज्योती डेली AI सारांश

रातिको समयमा काठ लोड गरिएको भ्यान नियन्त्रणमा लिने क्रममा वन गस्ती टोलीले एक जनालाई पक्राउ गरेको छ भने घटनामा संलग्न रहेको आशंका गरिएका अन्य दुई जना फरार भएका छन्।

मधुबन सबडिभिजन वन कार्यालयको गस्ती टोलीले नियमित अनुगमनका क्रममा राति करिब १२ बजे काठ लोड गरिएको भ्यान नियन्त्रणमा लिएको हो।

डिभिजन वन कार्यालय बाराका डिभिजनल वन अधिकृत सुजितकुमार झाका अनुसार नियन्त्रणमा लिइएको भ्यानमा बा १ च ८९११ नम्बरको नम्बर प्लेट राखिएको थियो।

सिमरा । बारामा वन क्षेत्रबाट अवैध रूपमा रुख काटेर काठ ओसारपसार गर्ने प्रयास भएको छ। रातिको समयमा काठ लोड गरिएको भ्यान नियन्त्रणमा लिने क्रममा वन गस्ती टोलीले एक जनालाई पक्राउ गरेको छ भने घटनामा संलग्न रहेको आशंका गरिएका अन्य दुई जना फरार भएका छन्।

मधुबन सबडिभिजन वन कार्यालयको गस्ती टोलीले नियमित अनुगमनका क्रममा राति करिब १२ बजे काठ लोड गरिएको भ्यान नियन्त्रणमा लिएको हो। डिभिजन वन कार्यालय बाराका डिभिजनल वन अधिकृत सुजितकुमार झाका अनुसार नियन्त्रणमा लिइएको भ्यानमा बा १ च ८९११ नम्बरको नम्बर प्लेट राखिएको थियो।

मधुबन सबडिभिजन वन कार्यालयका रेञ्जर उदय पुडासैनीका अनुसार भ्यानबाट सिसौ जातका आठवटा गोलिया काठ बरामद गरिएको छ। प्रारम्भिक विवरणअनुसार उक्त काठ तीनवटा रुख काटेर तयार पारिएको हो। बरामद काठको कुल परिमाण ८६ दशमलव ७ क्युफिट रहेको वन कार्यालयले जनाएको छ।

घटनामा पक्राउ पर्नेमा रौतहटको कटहरिया नगरपालिका–१२ का २९ वर्षीय जलन्धर महत्तो रहेका छन्। उनलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन डिभिजन वन कार्यालय बारामा राखिएको छ। काठ ओसारपसारमा संलग्न रहेको आशंका गरिएका मोटरसाइकलमा सवार अन्य दुई जना भने घटनास्थलबाट फरार भएका छन्।

वन कार्यालयका अनुसार काठ ओसार्न प्रयोग गरिएको भ्यानमा वास्तविक नम्बरभन्दा फरक नम्बर प्लेट राखिएको पाइएको छ। गाडीको वास्तविक नम्बर ना १ च ८९११ भए पनि त्यसमा बा १ च ८९११ नम्बरको प्लेट प्रयोग गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। नम्बर प्लेट परिवर्तन गर्नुको कारणबारे भने अनुसन्धान भइरहेको छ।

बरामद काठ र भ्यानलाई डिभिजन वन कार्यालय बाराको परिसरमा राखिएको छ। काठ काटिएको वन क्षेत्रको पहिचान, घटनामा संलग्न अन्य व्यक्तिको खोजी तथा सवारीसाधनमा फरक नम्बर प्लेट प्रयोग गरिएको विषयमा थप अनुसन्धान भइरहेको डिभिजनल वन अधिकृत झाले बताएका छन्।

टिप्पणी (0)