▣ २०८३ कात्तिक १८☀ मौसम अपडेट
f𝕏▶◎En◯
☀ मौसम अपडेट
२०८३ कात्तिक १८
⌂ गृह पृष्ठ|▤ समाचार · हेडलाईन

बाराको औराहामा रुखबाट लडेर ६४ वर्षीय ज्ञानबहादुर थिङको मृत्यु

बाराको औराहामा रुखबाट लडेर ६४ वर्षीय ज्ञानबहादुर थिङको मृत्यु
Ai generater image
अमरज्योती डेली AI सारांश

प्रहरीका अनुसार २०८३ कात्तिक १८ गते बिहान करिब ८:१० बजे आफ्नै गोठघर नजिकै दक्षिणतर्फ रहेको बकाइनोको रुखमा चढेर घाँस काट्ने क्रममा उनी अचानक लडेका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट औराहाबाट प्रहरी हवल्दार निरञ्जनप्रसाद कुर्मीको कमाण्डमा दुई जनाको टोली घटनास्थल पुगेको थियो।

घटनास्थलको मुचुल्का तयार गरेपछि बिहान ९:३७ बजे मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको प्रहरीले जनाएको छ।

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–४, औराहामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा औराहा निवासी ६४ वर्षीय ज्ञानबहादुर थिङ रहेका छन्। प्रहरीका अनुसार २०८३ कात्तिक १८ गते बिहान करिब ८:१० बजे आफ्नै गोठघर नजिकै दक्षिणतर्फ रहेको बकाइनोको रुखमा चढेर घाँस काट्ने क्रममा उनी अचानक लडेका थिए। रुखबाट लडेर गम्भीर घाइते भएका थिङलाई तत्काल उपचारका लागि सिमरा नगर अस्पताल लगिएको थियो।

अस्पतालमा चिकित्सकले जाँच गर्ने क्रममा बिहान ८:४९ बजे उनलाई मृत घोषणा गरेका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट औराहाबाट प्रहरी हवल्दार निरञ्जनप्रसाद कुर्मीको कमाण्डमा दुई जनाको टोली घटनास्थल पुगेको थियो। थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षक विनोदराज खत्रीको कमाण्डमा SOCO सहित पाँच जनाको टोलीसमेत खटिएको प्रहरीले जनाएको छ।

घटनास्थलको मुचुल्का तयार गरेपछि बिहान ९:३७ बजे मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

टिप्पणी (0)