बारा । बाराको महागढीमाई नगरपालिकामा प्रहरीले अवैध रूपमा सञ्चालनमा रहेका घरेलु मदिरा भट्टी नष्ट गर्नुका साथै करिब ५ हजार लिटर तयारी मदिरा नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराअन्तर्गत प्रहरी चौकी गञ्जभवानीपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार महागढीमाई नगरपालिका–३ र १० नम्बर वडा क्षेत्रका विभिन्न स्थानमा सञ्चालन भइरहेका अवैध घरेलु मदिरा भट्टी नष्ट गरेको हो।
घरेलु मदिरा भट्टी सञ्चालन भइरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक बहादुरप्रसाद यादवको कमाण्डमा चार सदस्यीय प्रहरी टोली बिहान करिब १० बजे सम्बन्धित क्षेत्रमा पुगेको थियो।
प्रहरी टोलीले विभिन्न स्थानमा अवैध रूपमा सञ्चालन गरिएका घरेलु मदिरा उत्पादन गर्ने भट्टीहरू नष्ट गर्नुका साथै करिब ५ हजार लिटर तयारी घरेलु मदिरासमेत नष्ट गरेको प्रहरीले जनाएको छ।












टिप्पणी (0)