▣ २०८३ मंसिर ३☀ मौसम अपडेट
f𝕏▶◎En◯
☀ मौसम अपडेट
२०८३ मंसिर ३
⌂ गृह पृष्ठ|▤ समाचार · हेडलाईन

जितपुर सिमरामा ईभीको ठक्करबाट स्कुटी चालकको मृत्यु, श्रीमती घाइते

जितपुर सिमरामा ईभीको ठक्करबाट स्कुटी चालकको मृत्यु, श्रीमती घाइते

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित ४ नम्बर पुल नजिक पूर्व–पश्चिम राजमार्गमा ईभी गाडीको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ भने पछाडि सवार उनकी श्रीमती घाइते भएकी छन्।

बिहीबार दिउँसो करिब १२ः०५ बजे वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बा.०१–००६ ख ९८३६ नम्बरको ईभीले विपरीत दिशाबाट आउँदै गरेको बा.०२–०३७ प ८५९८ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो।

दुर्घटनामा स्कुटी चालक सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ निवासी करिब ६० वर्षीय नीरबहादुर वाइबाको शरीरका विभिन्न भागमा चोट लागेको थियो। दुर्घटनापछि उनको अवस्था गम्भीर रहेको र बोल्नसमेत नसक्ने अवस्थामा उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकले दिउँसो १ः२१ बजे उनलाई मृत घोषणा गरेका थिए। उनको शव अस्पतालमै राखिएको छ।

त्यस्तै स्कुटीको पछाडि सवार उनकी श्रीमती करिब ५६ वर्षीया माइलीमाया तामाङको टाउको, हात, खुट्टा र ढाडमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको र हेटौँडा अस्पताल, मकवानपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय अमलेखगञ्ज बाराबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रकाश खत्रीको कमान्डमा चार जनाको टोली घटनास्थल पुगेको थियो।

दुर्घटनामा संलग्न ईभी चालक झापाको बिर्तामोड नगरपालिका–५ पाथीभरा निवासी करिब ५० वर्षीय रमेश प्रसाईँ रहेका छन्। प्रहरीले चालकसहित ईभी र स्कुटीलाई नियन्त्रणमा लिएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

टिप्पणी (0)