बारा । बाराको फेटा गाउँपालिकामा अस्पताल उद्घाटनको विषयलाई लिएर प्रहरी र स्थानीयवासीबीच झडप भएको छ। उद्घाटन कार्यक्रमलाई लिएर उत्पन्न विवाद चर्किँदै गएपछि स्थिति तनावपूर्ण बनेको हो।

अस्पताल उद्घाटनको विषयमा स्थानीयवासी र प्रहरीबीच विवाद बढ्दै जाँदा दोहोरो झडपको अवस्था सिर्जना भएको बताइएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको जनाइएको छ।
घटनापछि फेटा क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना भएको छ। झडपका क्रममा कति जना घाइते भए भन्नेबारे यकिन विवरण प्राप्त भएको छैन। प्रहरीले कुन प्रकारको बल प्रयोग गर्यो भन्ने विषयमा पनि विस्तृत जानकारी आउन बाँकी छ।
घटनाको थप विवरण प्राप्त हुन सकेको छैन।













टिप्पणी (0)