▣ २०८३ कात्तिक २१☀ मौसम अपडेट
f𝕏▶◎En◯
☀ मौसम अपडेट
२०८३ कात्तिक २१
⌂ गृह पृष्ठ|▤ समाचार · हेडलाईन

जीतपुरसिमरामा खेतको कुलोमा पुरुष मृत फेला, घटनाको अनुसन्धान गर्दै प्रहरी

जीतपुरसिमरामा खेतको कुलोमा पुरुष मृत फेला, घटनाको अनुसन्धान गर्दै प्रहरी
अमरज्योती डेली AI सारांश

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी डुमरवाना र इलाका प्रहरी कार्यालय सिमराको टोली घटनास्थल पुगेको थियो।

प्रहरीले घटनास्थललाई सुरक्षा घेरामा राखेर आवश्यक अनुसन्धान तथा प्रमाण संकलनको काम अघि बढाएको छ।

प्रहरी निरीक्षक दिवस कुँवरको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएर घटनाको थप अनुसन्धान गरिरहेको छ।

सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवानास्थित पुरानो बस्तीमा शनिबार बिहान एक पुरुष मृत फेला परेका छन्। खेतको कुलोमा स्थानीय ३० वर्षीय वीरेन्द्र माझीको शव फेला परेको हो।

स्थानीयका अनुसार माझी ट्याक्टर चालकका रूपमा काम गर्दै आएका थिए। उनी शुक्रबार साँझ घरबाट निस्किएका थिए। शनिबार बिहान खेतको कुलोमा उनको शव फेला परेको हो। शव भेटिएको स्थानमा साइकल र एउटा झोलासमेत फेला परेको छ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी डुमरवाना र इलाका प्रहरी कार्यालय सिमराको टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थललाई सुरक्षा घेरामा राखेर आवश्यक अनुसन्धान तथा प्रमाण संकलनको काम अघि बढाएको छ।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले घटनाबारे अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्। प्रहरी निरीक्षक दिवस कुँवरको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएर घटनाको थप अनुसन्धान गरिरहेको छ।

माझीको मृत्युको कारण भने खुल्न सकेको छैन। प्रहरीले घटनाको प्रकृति र मृत्युको कारण पत्ता लगाउन अनुसन्धान अघि बढाएको छ।

टिप्पणी (0)