नेपाली कांग्रेस जीतपुरसिमरा उपमहानगरपालिका–८ वडा कमिटीको आयोजनामा दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम शनिबार सम्पन्न भएको छ।
पार्टीका नेता तथा कार्यकर्ताबीच आपसी सद्भाव, एकता र संगठनात्मक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले आयोजित कार्यक्रममा नेपाली कांग्रेसकी नवनिर्वाचित केन्द्रीय सदस्य मेघा शाही प्रमुख अतिथिका रूपमा सहभागी थिइन्।
कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरूले केन्द्रीय सदस्यमा निर्वाचित शाहीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि कृष्णवर्त सिंह, बारा निर्वाचन क्षेत्र नं. ४ का क्षेत्रीय सभापति लोकेशकुमार सिंह, प्रदेशसभा क्षेत्र नं. ४ (क) का सभापति छविलाल शर्मा तथा क्षेत्र नं. ४ (ख) का सभापति विजय गुप्ताको उपस्थिति रहेको थियो।
त्यसैगरी, जीतपुरसिमरा नगर सभापति रमेश पण्डित, वडा नं. ७ का सभापति सुरेन्द्र गुप्ता, वडा नं. ६ का सभापति फैजल अन्सारी, वडा नं. ८ का सभापति कैलाश महतो धानुक, महाधिवेशन प्रतिनिधि इन्द्रबहादुर पन्त तथा बारा क्षेत्र नं. ४ (क) का सहसचिव रविन्द्रप्रसाद कुशवाहालगायत नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान गर्दै पार्टीभित्रको संगठनात्मक एकता, आपसी सहकार्य र लोकतान्त्रिक मूल्य–मान्यतालाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।
चाडपर्वका अवसरमा आयोजित यस्ता कार्यक्रमले नेता तथा कार्यकर्ताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै संगठनलाई थप सक्रिय र सशक्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो।
आयोजक वडा कमिटीले कार्यक्रम सफल बनाउन उपस्थित सम्पूर्ण अतिथि, अग्रज नेता, कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तकप्रति आभार व्यक्त गरेको छ।
नेपाली कांग्रेस बारा क्षेत्र नं. ४ (क) का सहसचिव रविन्द्रप्रसाद कुशवाहाले पनि कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण नेता तथा कार्यकर्तालाई धन्यवाद व्यक्त गरेका छन्।















टिप्पणी (0)