▣ २०८३ कात्तिक १७☀ मौसम अपडेट
f𝕏▶◎En◯
☀ मौसम अपडेट
२०८३ कात्तिक १७
⌂ गृह पृष्ठ|▤ समाचार · हेडलाईन

बाँदर धपाउने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक जना घाइते, दुई नाल बन्दुकसहित एक जना पक्राउ

बाँदर धपाउने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक जना घाइते, दुई नाल बन्दुकसहित एक जना पक्राउ
Ai image
अमरज्योती डेली AI सारांश

बुधबार साँझ करिब ६ः३५ बजे स्थानीय ३० वर्षीय गोविन्द ठाडा मगरले बाँदर धपाउने क्रममा भरुवा बन्दुक पड्काउँदा निस्किएको छर्रा लागेर सोही स्थानका ३२/३३ वर्षीय उत्तम रमौली मगर घाइते भएका हुन् ।

घटनाबारे साँझ ६ः५० बजे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेको कमाण्डमा ७ जना, अस्थायी प्रहरी पोस्ट डुमरवानाबाट प्रहरी सहायक निरीक्षक सञ्जयकुमार वर्माको कमाण्डमा २ जना र इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दायकृष्ण भट्टको कमाण्डमा २२ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

प्रहरी टोलीले घटनामा संलग्न गोविन्द ठाडा मगरलाई दुई नाल भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ ।पक्राउ परेका मगरमाथि इलाका प्रहरी कार्यालय सिमराबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

बारा ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ धर्मनगरमा भरुवा बन्दुकको छर्रा लागेर एक जना घाइते भएका छन् । बुधबार साँझ करिब ६ः३५ बजे स्थानीय ३० वर्षीय गोविन्द ठाडा मगरले बाँदर धपाउने क्रममा भरुवा बन्दुक पड्काउँदा निस्किएको छर्रा लागेर सोही स्थानका ३२/३३ वर्षीय उत्तम रमौली मगर घाइते भएका हुन् । घाइते रमौली मगरको वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घटनाबारे साँझ ६ः५० बजे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेको कमाण्डमा ७ जना, अस्थायी प्रहरी पोस्ट डुमरवानाबाट प्रहरी सहायक निरीक्षक सञ्जयकुमार वर्माको कमाण्डमा २ जना र इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दायकृष्ण भट्टको कमाण्डमा २२ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरी टोलीले घटनामा संलग्न गोविन्द ठाडा मगरलाई दुई नाल भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ ।पक्राउ परेका मगरमाथि इलाका प्रहरी कार्यालय सिमराबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

टिप्पणी (0)