बाराका सिडियो वसन्त अधिकारीको भव्य बिदाई

अमरज्योती डेली
287 Views
1 Min Read

कलैया । जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी (सिडियो) वसन्त अधिकारीलाई शुक्रबार भव्य सम्मानसहित बिदाई गरिएको छ।

“फेरि भेटौंला तथा बिदाई कार्यक्रम” अन्तर्गत अधिकारीलाई सम्मान गरिएको कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं. ४ (ख) का सभापति लोकेश सिंह, पूर्व मन्त्री कलावती पासवान, नेपाल प्रेस युनियन बाराका उपाध्यक्ष अनिल कुमार साहसहित नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूको उपस्थिती थियो।

गृह मन्त्रालयले सिडियो अधिकारीलाई सिरहा जिल्लामा सरुवा गरेको हो।

अधिकारीको स्थानमा चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल बारामा आउने भएका छन्।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *