कलैया : नेकपा (एमाले) ले बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ तीन जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ। ।
सिफारिस सूचीको पहिलो नम्बरमा मधेश प्रदेश कमिटी सदस्य अमर यादवको नाम राखिएको छ । परवानीपुर गाउँपालिका वडा नं. ३ निवासी यादवलाई क्षेत्रीय संगठन , राजनीतिक सक्रियता र स्थानीय लोकप्रियताका आधारमा पहिलो प्राथमिकतामा सिफारिस गरिएको पार्टी स्रोतले जनाएको छ ।
बैठकमा प्रस्ताव नम्बर १ अन्तर्गत प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस सम्बन्धमा विस्तृत छलफल गरी तीन जनाको नाम सिफारिस गर्ने निर्णय गरिएको थियो।
त्यसैगरी एमाले केन्द्रीय कमिटी सदस्य कृष्णा कुमार श्रेष्ठको नाम पनि प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरिएको छ । उनको स्थायी ठेगाना जितपुरसिमारा वडा नम्बर ४ मा रहेको छ । यस्तै, एमाले मधेश प्रदेश कमिटी सदस्य सिता गुरुङको नाम पनि प्रत्यक्षतर्फको उम्मेदवार सिफारिसमा समावेश गरिएको छ । उनी वडा नम्बर २१ निवासी हुन् । उनको पार्टिमा सक्रियता, स्थानीय जनमानसमा रहेको लोकप्रियता, पार्टिप्रतिको दृढ संकलपले उनलाई पहिलो नम्वरमा पार्न सफल पारेको छ।
बारा–४ मा सत्तारूढ र विपक्षी दलबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिए संगै एमालेले पनि कडा प्रतिस्पर्धी उतारने तयारी गरेको छ। एमालेले उम्मेदवार सिफारिससँगै आगामी निर्वाचनको तयारी, संगठन सुदृढीकरण तथा समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको जनाइएको छ । एमालेले केन्द्रबाट अन्तिम निर्णय भएपश्चात् उम्मेदवारको औपचारिक घोषणा गर्ने जनाएको छ ।



