कलैया,०७ पुस । नेपाली कांग्रेस बाराले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चारै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ ।
पार्टीको मंसिर २७ गते शनिबार सम्पन्न जिल्ला कार्यसमितिको बैठकले क्षेत्र नम्बर १, २,३ र ४ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार, समानुपातिक उम्मेदवार र राष्ट्रियसभा सदस्य उम्मेदवार सिफारिस गरेको हो ।
क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ राजकिशोर गुप्तासहित ९ जनाको नाम सिफारिस गरिएको छ ।
गुप्ता २०५० सालमा नेपाल विद्यार्थी संघ ईकाइ सभापति,क्षेत्रीय सचीव,तरुण दलको केन्द्रिय सदस्य समेत रहेका हुन् । उनी नेपाली कांग्रेस पार्टीका एक्टिभ युवा नेता हुन् ।



